खल्खज जाति

CRI


       खल्खज जातिको जनसंख्या पन्ध्र लाखभन्दा बढी छ। उनीहरुको आफ्नो भाषा र लिपि छ।

       खल्खज जाति मुख्यत: पश्चिमी सिन च्यांगको फामिल पठार भूमिको खज्लसु खल्खज स्वशासित राज्यमा बसोबास गर्दछन्। ग्रीष्म ऋतुमा उनीहरु वस्तु-भाउ चराउन टार-भूमिका खोला-नालाहरु नजिकै बस्छन् भने हिउँद ऋतुमा उनीहरु न्यानो ठाउँमा सर्छन्। खल्खज जाति धेरैजसो माटोबाट बनाइएका चार-कुने घरमा बस्छन्। घरको वरिपरि सागपात र फलफूलहरु रोपिन्छन्। खल्खज जातिको खानेकुरा पनि निकै प्रशस्त छ। दूधबाट बनाइएका दही आदि थुप्रै खाने कुराहरु उनिहरु मन पराउँछन।

       खल्खज जातिको परम्परागत पोशाक निकै सुन्दर छ। पुरुषहरु टोपी लगाउन मन पराउँछन् भने महिलालाई दायाँ र बायाँ एउटै बुट्टा भएको कोट लगाउन मन पर्छ। विवाह नभएका युवतीहरुको धेरै चुल्ठा बाटेका हुन्छन् भने विवाह भएपछिका महिलाहरुले दुइटा चुल्ठा बाटेका हुन्छन्‌।