हानास ताल

CRI

     हानास ताल सिन् च्यांगको उत्तरी क्षेत्रको पुर चिंग जिल्लादेखि एक सय पचास किलोमिटर टाढा अवस्थित छ। त्यो ताल आर थाइ पर्वतको घना जंगल क्षेत्रमा रहेको एक पर्वतीय ताल हो। हानास भनेको मंगोलियाली भाषामा [ खोंचमा रहेको ताल ] हो। त्यस तालको उचाइ समुद्री सतहदेखि 1373 मिटर छ। त्यस तालमा पानीको सबैभन्दा बढी गहिराइ 188.5 मिटर छ भने तालको क्षेत्रफल 45.73 वर्गकिलोमिटर छ।

     हानास तालका चारैतीर गगन्चुम्बी हिमश्रृंखलाहरु उभिएका छन। सूर्यको प्रकाशमा हिमश्रृंखलाको छायाँ तालको छचल्किरहेको पानीमा प्रतिबिम्बत भएर, मानौं, मर्त्य लोकमा स्वर्गीय अवतारले अवतरण गरेको जस्तो भान हुन्छ। चीनमा दक्षिणी साइबेरिया क्षेत्रमा पाइने जीव-जन्तु र वनस्पतिहरु पाइने एक मात्र स्थान हो त्यो। यहाँ पात झर्ने सल्ला, लाल सल्ला, आदि दुर्लभ रुख तथा धेरै भोजपत्रहरु सप्रिइरहेका पाइन्छन्। त्यहाँ हालसम्म पत्ता लगाइएका रुखहरुको संख्या लगभग आठ सय छ। पशुहरुका जात उप-जात 39 पुगेका छन् भने चराचुरुंगीहरुका जात उप-जात 117 र उभयचर सरिसृपहरु चार किसिमका छन। त्यस तालमा सात किसिमका माछा पाइन्छन। यसका अतिरिक्त त्यस क्षेत्रमा 300 भन्दा बढी जात उप-जातका किराहरु पनि पाइन्छन्। धेरै जीवजन्तु र वनस्पतिहरु सिन् च्यांग वा चीनका अरु क्षेत्रमा पट्टकै पाइंदैनन्। त्यस ताल क्षेत्रमा वन-जंगल र चउर हुनुका साथै खोला-नाला र तालहरु पनि प्रशस्त छन। त्यहाँको प्राकृतिक दृश्य निकै मनोहर भएकोले पर्यटन, प्रकृतिको संरक्षण तथा वैज्ञानिक सर्भेक्षण र ऐतिहासिक सँस्कृतिको दृष्टिबाट हेर्दा त्यो निकै मूल्यवान रहेको वताइएको छ।

 

 हानास ताल