सहस्र बुद्ध मूर्ति गुफा
CRI

      सिन्च्यांगको लामो र बांगोटिंगो सिल्क रोडमा विश्वविख्यात नाका, किल्ला नगर, गुफा, पाटी, समाधि वा चिहान तथा बुर्जाहरु मौजुद छन्।

      "खचअर" नामक सहस्र बुद्ध मूर्ति गुफा तथा पाइचखलिख नामक सहस्र बुद्ध मूर्ति गुफा आदि सबै नै प्रसिद्ध गुफा हुन् त्यहाँका। ती गुफाभित्रका बुद्ध मूर्ति र भित्ते चित्रहरुमा चीन, भारत, फारसको सँस्कृतिलाई मिलाएर विशिष्ट कलात्मक शैली देखाइएको छ। यसका अतिरिक्त, तीनमा त्यस बेलाका विभिन्न जातिहरुको उत्पादन र जीवन पद्धति पनि प्रतिबिम्बित गरिएको छ ।

      युगुर जातिको भाषामा पाइचखलिखको अर्थ हो पहाडको काख। यो गुफा थुलुफान् शहरको उत्तर-पूर्वमा अवस्थित छ । ईस्वी सम्बत छैठौं शताब्दी देखि चौधौं शदाब्तीसम्म त्यस गुफामा मूर्ति बताउने गरिएको थियो। गुफाभित्रका भित्री चित्रमा सूक्ष्मता देखाउनुका साथै चित्ररेखा र रंगमा प्रभा देखाइएको थियो। भित्री चित्रका मानिसहरुका शरीर मोटोघाटो देखिएको छ। तीनमा मो काउ गुफाभित्रका थांग वंशताकाको चित्रशैलीलाई निरन्तरता दिइएको छ। गुफाभित्रका भित्री चित्रलाई साह्रो नष्ट गरिए तापनि एक हजार दुइ सय वर्गमिटरभन्दा बढीका भित्री चित्रलाई
सुरक्षित गरिएको छ । यहाँ प्राचीन युगुर जातिहरुको बौद्ध धर्म कलामध्ये सबैभन्दा महत्वपूर्ण र सबैभन्दा राम्रोसँग संरक्षित गरिएको र सबैभन्दा प्रतिनिधित्व भएको एक कलात्मक भण्डार रहेको तथा पश्चिमी क्षेत्रको इतिहास, सँस्कृति र कलाको अनुसन्धान गर्नका लागि मूल्यवान् सामग्री पनि रहेको कुरा सर्वमान्य छ।

  [ गुफाको चित्र ]