थु लु फान्
CRI

       सिन् च्यांगको मध्ये खण्डको होंचो भन्ज्याँगमा " अग्नि भूमि " भन्ने ठाउँ छ । यस ठाउँको अंगूरे खोंचमा विभिन्न किसिमका गुणस्तरीय अंगूरहरु उत्पादन गरिन्छ र यस ठाउँ थु लु फान् नै हो । त्यहाँको विशिष्ट भौगोलिक स्थानको कारण भूमिगत पानी प्रशस्त पाइन्छ। त्यसैले त्यहाँ किसिम किसिमिका फलफूलका साथै तर्बुजा खर्बुजा पनि प्रशस्त पाइन्छन । अझ विशेष गरी अंगूर र तर्बुजाको नाम चीनभरि चलेको छ। त्यहाँको मौसम सुक्खा भएको र थोरै पानी पर्नेभएकोले फलफूलभित्र चिनी निकै बढी हुन्छ। मानिसहरु थु लु फान्को भ्रमण गर्दा त्यहाँका फलफूल मनै फुकाएर खान पाउनुहुन्छ।

        थु लु फान्लाई " अ‍गूर राज्य" भनिन्छ । शहर अंगूरै-अंगूरको थुम्कोमा र मानिस अंगूरै-अंगूरका राशमा। त्यहाँको भ्रमण गर्न जाने पर्यटकहरुले निकै चासोका साथ त्यहाँको अंगूर बारे चर्चा गरेका छन् । ऐतिहासिक पुस्तक अनुसार दुइ हजार वर्षअघि यहाँ अंगूरको खेतीपाती गर्न थालिएकोक हो।

        थु लु फान्को बाटोमा हिंडडुल गर्दा प्राचीन कालदेखि लस्करै परेका अंगूरका उद्यान जतातत्तै देख्न पाइन्छ। त्यहाँका ठूला-साना बाटा र गल्ली तथा घर-दैलोका करेसा बारीमा अंगूरका थांक्रा देख्न पाइन्छ। त्यहाँका किस्मिस विशेष तरिकाद्बारा ओसिला पारिएका हुन्छन। थु लु फान्मा माटोका ढिस्कोव्दारा बनाइएका र चारैतीर हावादार हुनसक्ने कोठै कोठा परेका घरहरु जतातत्तै देख्नसकिन्छ र ती घरहरुलाई सेपिलो कोठा भनिन्छ। अग्नि भूमि कहलिने थु लु फान्को तातो हावा त्यस किसिमका सेपिलो कोठामा पसेर अंगूर ओसिलो पारेर बनाइएका किस्मिसको स्वाद गुलियोमा अलिकति अमिलोपन हुनुका साथै त्यसको रंग हरियो देखिन्छ। चिनियाँहरु त्यहाँका किस्मिस खुब मन पराउँछन।

       थु लु फान् नगरपालिकाले विशेष रुपमा "अंगूर सडक" निर्माण गरेको छ । मानिसहरु त्यहाँ गएपछि अंगूर बरण्डा, अंगूर क्रीडा पार्क र अंगूर संग्रहालयको निरिक्षण गर्न पाउँछन। आज आएर मानिसहरुले थु लु फान् आएपछि अंगूर खोंचमा गएर त्यहाँको मनोहर दृश्यावलोकन गर्नुका साथै अंगूरको थाँक्रोबाट आँफैले अंगूर टिपेर खान पाउनुहुन्छ।

[ चित्रः त्यहाँको युगूर जातिको एक परिवार ]