खा श 
CRI

       खा शको पूरा नाम "खा श क र " हो । "सिल्क रोडमा एक मोति " कहलिने ख श शहर चीनको प्रसिद्ध ऐतिहासिक-साँस्कृतिक शहर हो ।

        था लि मु भन्ज्यांगको पश्चिमी क्षेत्रमा रहेका हरियो भूमिमध्ये ख श पनि एक हो । यसलाई दुर्गम पश्चिममा रहेको धनाढ्य दक्षिण क्षेत्र भनिन्छ । यहाँ गुणस्तरीय कपासको खेती गरिन्छ ।

        ख श एक दृश्यावलोकन क्षेत्र हो । त्यहाँ पर्यटनको प्रशस्त श्रोत छ र त्यहाँको दृश्य पनि अव्दितीय छ । मरुभूमिमा पर्यटन गर्नु, हिमनदीमा खोज यात्रा गर्नु , अग्लो पहाड चढेर सयर गर्नु आदि विभिन्न रोचक कुराहरुले पर्यटकहरुलाई आकर्षित गरेका छन् । प्राचीन ख श शहरमा मानवीय दृश्य र प्राकृतिक दृश्यहरु पर्याप्त छन्। प्रसिद्ध ए थि तोर मस्जित , आ फा ख हो च्या समाधि अर्थात जीउबाट मगमग वास्ता निस्कने रानीको समाधि, महमद खाशकली चिहान, यरछिंगहान् कालका प्राचीन थलो आदि दृश्यावलोकन स्थलबाट युगूर जातिको सँस्कृति र निर्माण शैली प्रतिबिम्बित गरिएको छ।

       आफ्नो गहन ऐतिहासिक सँस्कृति, मनोहर जातीय रीतिरिवाज, विशिष्ट मानवीय र प्राकृतिक दृश्यहरु सिन्च्यांगमा पनि निकै नाम चलेका छन् र यीनले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गरेका छन। त्यहाँ एउटा भनाइ छः खाश नगएमा सिन्च्यांग पुगेको भन्नु हुंदैन।

 चित्रः खा शको ए थि तोर मस्जिद अगाडि पर्व मनाइरहेको दृश्‌य।