ह थिआन्
CRI

        प्राचीन कालमा ह थिआन्लाई " यु थिआन् " भनिन्थ्यो । प्रसिद्ध पश्चिमी क्षेत्रीय सभ्यतायुक्त देशहरुमध्येको त्यो पनि एक थियो । ह थिआन् एशिया र यूरोप महाव्दीपको बीचमा पर्दछ । त्यो रेशमी बाटोको दक्षिणी भागको मुख्य स्थान थियो। त्यहाँ विभिन्न जन-जातिहरुले जीवन बिताइरहेका थिए। पूर्वी र पश्चिमी सँस्कृतिको समन्वयन र सहिष्णुता देखिएको थियो। विभिन्न देशका दूत, व्यापारी टोलीहरु त्यहाँ बाटा-बाटामा देखा पर्नेगर्दथे।

       ह थिआन्को उत्तरतीर निर्जन र सुनसान थाखलामाकान् मरुभूमि अवस्थित छ भने त्यसको दक्षिणतीर खुन्लोन् पहाड उभिएको छ। हिउँले ढाकेका सुन्दर र रहस्यमय पहाडहरुका साथै मरुभूमि तथा ताल, सिमसार, चउर, वन-जंगल र उर्वर खेत-जग्गाहरुले त्यहाँको रमणीय दृश्य बनाएका छन्। यहाँका ह थिआन्को जेड, रेशमी कपडा, गलैंचा, तर्बुजा-खर्बुजा र फलफूलहरु चीनभरि नाम चलेका छन्। उहिले-उहिले देखि ह थिआन्लाई " जेड नगर " , " रेशमी शहर " र " तर्बुजा-खर्बुजा र फलफूलको उद्यान" भनिन्छ।


 चित्रः सहस्र बुद्ध मूर्ति गुफा