बहु धर्म जोडिने ठाउँ
CRI


      सिन च्यांगको इतिहासमा बौद्ध धर्म, चिंग धर्म, मोनी धर्म र इस्लाम धर्मले स्थान लिएका छन। यसैकारण सिन च्यांगलाई विश्वका चारैवटा ठूला धर्म मिलेको एउटा मात्र क्षेत्र हो।

       पहिलो शताव्दीमा वौद्ध धर्म रेशम मार्गमार्फत सिन च्याँदेखि पूर्वतिर फैलिएर चीनको मध्य भागमा प्रवेश भएको थियो। चिंग धर्म क्रिष्चियन धर्मको एउटा समूह हो। छैठौं शताव्दीमा चिंग धर्म सिन च्यांगमा प्रवेश भएको थियो। पूरातत्वविद्हरुले के पत्तो लगाएका छन। प्राचीन कालमा सिन च्यांग चिंग धर्मको एउटा केन्द्र पनि थियो। त्यसपछि इस्लामिक धर्मले सिन च्यांगमा प्रवेश गर्ने क्रममा चिंग धर्मको प्रभाव क्रमश: कम हुदैगएको थियो। सन 694 मा मोनी धर्मले चीनमा प्रवेश गर्‍यो। 19औं शताव्दीदेखि यता तुंग ह्वानको मो काऊ गुफा र सिन च्यांगको थु लु फानमा मोनी धर्मका धेरै शास्त्रहरु फेला पारिएका छन जसले मोनी धर्म उत्तर-पश्चिमी चीनका विभिन्न स्थानमा व्यापक रुपमा प्रसार-प्रसारको र त्यसले त्यति बेलाको जनमानसमा निकै गहिरो छाप पारेको कुरा प्रतिबिम्बित गरेको छ। हाल सिन च्यांगका युगुर, काजाक, ह्वै, उज्बेक, खल्खज, ताजिक र थाथाल आदि दशवटा अल्पसंख्यक जातिका मानिसहरु यस धर्ममा विश्वास गर्दछन्।


(चित्र:जातिका धर्मावलम्बिहरुले मस्जिदमा पूजा-आजा गरिरहेका छन्)