सिन च्यांगमा मानिने धर्म
CRI


       सिन च्यांग हाल पनि बहुधर्मावलम्बीहरु भएकव क्षेत्र हो। इस्लाम धर्म सिन च्यांगको सामाजिक जीवनमा प्रभाव पार्ने तुलनात्मक रुपमा ठूलो धर्म हो। सिन च्यांगमा हाल मस्जिद र लामा मन्दिर तथा क्याथोलिक धर्मावलम्बीहरुका चर्च लगायत अन्य धार्मिक गतिविधि गरिने स्थानहरुको संख्या तेइस हजारभन्दा बढी छ। यी स्थानहरुबाट सिन च्यांगका विभिन्न जातिका धर्मावलम्बीहरुको पूजा-आजाको आवश्कतालाई पूरा गरिन्छ। सिन‌ च्यांगका धार्मिक संगठनमा मुख्य गरी इस्लामिक धर्म समिति, इस्लामिक-शास्त्री प्रतिष्ठान र वौद्ध धर्म समिति आदि हुन्।

       हाल सिन च्यांगमा युगुर, कजाक र ह्वै लगायतका दशवटा जाति इस्लाम धर्मप्रतिमान्दछन्। त्यहाँ धर्ममा विश्वास गर्ने मानिसहरुको संख्या नब्बे लाख छ जुन सिन च्यांगको कूल जनसंख्याको 56.3 प्रतिशत हो।

       सिन च्यांगमा बसोबास गर्ने मंगोलियाली जातिका मानिसहरुमध्ये प्रायजसो तिब्बती बौद्ध धर्म मान्दछन्। यी मंगोलियाली जातिका मानिसहरुको जनसंख्या असी हजार जति छ। त्यहाँ तिब्बती वौद्ध धर्मका चालीसवटा गुम्बाहरु छन्। सिन च्यांगमा क्रिष्चियन धर्मावलम्बीहरुको संख्या तीस हजार जति छ र त्यस सम्प्रदायका चर्चहरुको संख्या चौबीस छ। सिन च्यांगमा हाल चार हजारभन्दा बढी क्याथोलिक धर्मावलम्बीहरु छन्। उनीहरुका चर्च र अन्य धार्मिक गतिविधि सञ्चालन गर्ने स्थानहरुको संख्या पच्चीसवटा छ। यसका अलतिरिक्त, सिन च्यांगमा एक सयभन्दा बढी रुसी जाति तुंग चंग धर्म मान्ने गर्दछन् र उनीहरुका दुइवटा चर्च छन्।