CRI
तिब्बती जातिको मुख्य बसोबास चीनको तिब्बतमा
रहेको छ। उनीहरुको भाषा
हान-तिब्बत भाषा प्रणाली अन्तर्गत
म्यान्मार भाषाको तिब्बती शाखाको
भाषा हो। तिब्बतीहरु मुख्यतया
कृषि-पशुपालनमा लागेका छन। शहरमा
बस्ने बासिन्दाहरु हस्त-कला,
औद्योगिक तथा व्यापारिक व्यवसायमा
लागेका छन।
तिब्बतीहरु तिब्बती बौद्ध धर्म मान्छन्।
उनीहरु अतिथिपूजक, भविश्यप्रति
आशावादी छन् र नाच-गान मन पराउँछन।
तिब्बतीहरुले गाएका गीत एकदमै
कर्णप्रिय हुन्छन। उनीहरु रेशमी
कपडाले बनाएका लामा बाहुला भएको
लुगा लगाउँछन। यस लुगा बाहिर
धोक्रे गाउन् लगाउँछन्। तिब्बती
महिलाहरु बाहुला नभएको गाउन्
लगाउँछन्। बिहे भएका महिलाहरु
कम्मरमा इन्द्रेणीको नमूना भएको
एप्रन लगाउँछन्। पुरुष महिला
दुबैले गहना लगाउने चलन छ।
विभिन्न ठाँउमा उनीहरुले लगाउने
लुगा फरक-फरक देखिन्छ। उनीहरुको
मुख्य खाना छ पा (पहाडी भागमा
रोपिएको एक किसिमको जौ अथवा मटर
पकाएपछि पिंधेर बनाएको पीठो) हो।
उनीहरुलाई पिउन मन पर्ने चिया
तिब्बती चिया, दूध चिया तथा जाँड
हो र खान मन पर्ने मासु चौंरी तथा
खसीको मासु हो। प्राचीन कालमा
छिङ्ग हाई-तिब्बत पठारभूमिमा बस्ने
मानिसहरु मरेपछि माटोमा गाड्थे।
तर हाल आएर तिब्बतीहरु मृतकको मासु
गिद्दलाई खुवाउँछन। कुनै-कुनै
मानिसहरु मृतकको शव जलाउँछन भने
कुनै-कुनैले पानीमा बगाउँछन।
|