CRI
तिब्बतको पटारमा बस्ने जातिहरुमध्ये मन पा
जातिको इतिहास सबैभन्दा लामो छ।
उनीहरु तिब्बत स्वायत्त प्रदेशको
दक्षिणी भागमा पर्ने मन यु
क्षेत्रमा बसोबास गर्छन्। मन पा
जातिका केही मानिसहरु मोथो, लीनची,
छोना आदि जिल्लामा बस्छन्। मन पा
जाति मुख्यतया कृषि व्यवसायमा
आधारित छ। यसका साथै पशुपालन,
शिकार तथा हस्त-कला आदि व्यवसाय
पनि तिनीहरुको जीवन-यापनका माध्यम
हुन। मन पा जातिका पुरुष तथा
महिलाहरु रामो गाउन् लगाएर पहेंलो
अथवा कालो जमोट टोपी लगाउँछन्।
महिलाहरु बाजु, ढुंग्री लगाउँछन्
भने पुरुषहरु कम्मरमा छुरी भिर्छन्।
यस जातिका पुरुष तथा महिलाहरु दुबै
रक्सी खान तथा नस लिन मन पराउँछन।
उनीहरुको मुख्य खाना चालम, मकै तथा
जौ हुन्। मन पा जातिका धेरैजसो
मानिसहरु तिब्बती बौद्ध धर्म
मान्दछन्। यस जातिका केही ठाँउका
मानिसहरु आदिम झाँक्री पनि मान्छन।
उनीहरु मरेपछि मृतकको शवलाई
गिद्दलाई खुवाउँछन, पानीमा
बगाउँछन, कतै-कतै गाड्ने र कतै-कतै
पोल्ने चलन पनि छ।
|