CRI
तिब्बतको कृषि व्यवसाय मुख्यतः
पशुपालन र खेतिपातीको सम्रिश्रण
हो। तथापि पशुपालनलाई यस व्यवसायको
मुख्य स्थानमा राखिएको छ। समुद्र
सतहदेखि धेरै उचाइ तथा कठाङ्ग्रीने
जाडो तिब्बतको विशेषता हो।
तिब्बतको भौगोलिक अवस्था निकै
कठीन र विविध छ— यहाँ मैदानी
क्षेत्र, मध्य पहाडी क्षेत्र अनि
हिमाली क्षेत्रको हावा-पानी र
भौगोलिक अवस्थित निकै बीच निकै
ठाडो अन्तर स्पष्ट देखिन्छ।
तिब्बतमा प्राकृतिक अवस्था राम्रो
भएका उपत्यका तथा समथर
क्षेत्रहरुमा खेतीपाती गरेको
देखिन्छ। यहाँको मुख्य बाली भनेको
छीङ्ग ख अर्थात एक किसिमको जौ हो।
यस बाहेक, तिब्बतमा गहुँ, तोरी,
सीमी-बोडी तथा धान, मकै आदिको पनि
खेती गरिन्छ। त्यहाँ छीङ्ग खको
खेती सबैभन्दा बढी गरिन्छ। त्यसको
खेती खासगरी समुद्र सतहदेखि
2500-4500मिटर बीचको क्षेत्रमा
गरेको देखिन्छ।
|