CRI
तिब्बत स्वायत्त प्रदेशको ल्हासा
शहरको केन्द्रमा पर्ने चुम्ला खाँ
गुम्बाको निर्माण सन 647 मा
थालिएको थियो। त्यसबेला तिब्बतका
सम्राट सुन्चाकाँपोले थांग वंशका
वन्चन कुमारीसँग विवाह गर्नका लागि
त्यसको निर्माण गरिएको थियो। सो
गुम्बामा वौद्ध-पूजा कक्ष र
धार्मिक पुस्तक वाचन कक्ष आदि
वास्तुहरु छन्। बुद्धको पूजा गर्ने
कक्षा चार तला छन् भने त्यसको
छानोमा सुनको जलप लगाइएको छ।
त्यसैले यो निकै शान्दार देखिन्छ।
त्यसमा थांग वंशको वास्तु कलाको
शैलीका साथै नेपाल र भारतको वास्तु
कलाका विशेषता पनि देखिन्छ। त्यस
कक्षको केन्द्रमा वन्चन कुमारीले
थांग वंशको राजधानी छांग आनबाट
ल्याउनुभएको गौतम बुद्ध बाह्र
वर्षका हुँदाको जीउ-डाल बमोजिम
निर्माण गरिएको काँस्य मूर्ति
राखिएको छ। चुम्ला खाँ गुम्बा
वरिपरीको भित्तामा कुमारी वन्चनले
तिब्बतमा प्रवेश गर्दाको भव्य
अवस्था र केही कथा सम्बन्धी
तिब्बती भित्ते चित्रहरु छन। ती
चित्रहरुको लम्बाइ झण्डै एक हजार
मिटर छ र तिनीहरु जिवित जस्तै
देखिन्छन।
चम्ला खाँ गुम्बाको छेउमा रहेको बाखो सडकमा स्थानीय
ब्यापारी र नेपाल तथा भारतका
व्यापारीहरुका धेरै पसलहरु छन्।
त्यहाँ विशेषतायुक्त हस्तकलाका
वस्तुहरु बिक्री गरिन्छ। सो सडकमा
पूजा गर्ने व्यक्तिहरु सबैभन्दा
ध्यानाकर्षणका विषय बनेका छन्।
तिनीहरु दुइवटा हात जोडेर लम्पसार
परेर पूजा गर्दै अगाडि सर्दैगर्छन।
यो नै लामा धर्ममा पूजा गर्ने
सबैभन्दा उच्च स्तरीय उपाय हो भने
यसबाट धर्मावलम्बीहरुको धर्मभक्तता
प्रतिबिम्बित हुन्छ। टाढा-टाढाबाट
पूजा गर्दै त्यहाँ पुगेका
धर्मावलम्बीहरुबाहेक स्थानीय
बासिन्दाहरु पनि हरेक दिन विहान
सबेरै चुम्ला खाँ गुम्बा वरिपरी
लगभग आधा घण्टासम्म पूजा गरेपछि
मात्र आ-आफ्ना घर फर्केर लुगा फेरी
भात खान्छन र अनि कार्यालय जान्छन्।
चीनको भित्री भागका बासिन्दाहरुले
कसरत गरेजस्तै यहाँका
धर्मावलम्बीहरुले गर्ने पूजा पनि
एक किसिमको कसरत हो। यसका
अतिरिक्त यसमा केही नयाँ अर्थ पनि
थपिएको छ। हाल यस्तो पूजा ल्हासा
शहरका बासिन्दाहरुले जीवन बिताउने
एउटा ठूलो विशेषतायुक्त उपाय
बनिसकेको छ।
चुम्ला खाँ
गुम्बा र बोखो सडक
|