चासिलुम्पो गुम्बा तिब्बतको व्हाङ
धर्मको सबैभन्दा ठूलो गुम्बा हो।
त्यसको इतिहास पाँच सय वर्ष भन्दा
पूरानो छ। यो पन्चेन लामाको
धार्मिक र राजनैतिक कार्यक्रमको
केन्द्र हो।
पहाडमा निर्माण गरिएको सो गुम्बामा पचास भन्दा बढी
धार्मिक वाचन कक्ष र दुइ सय भन्दा
बढी अन्य कक्षहरु छन्। तीमध्ये
हाँसिरहेका वुद्ध— अमीतापको पूजा
कक्ष तीस मिटर अग्लो छ। पाँच तला
अग्लो सो कक्षमा छब्बीस दशम्लब
दुइ मिटर अग्लो अमीतापको मूर्ति
राखिएको छ। तीन सय पैंतीस
किलोग्राम सुन र सोह्र किलोग्राम
भन्दा बढी मोती जडेर बनाइएको सो
मूर्तिमा ठूला र साना हिरा र मोति
लगायत एक हजार चार सय भन्दा बढी
अमूल्य पत्थरहरु पनि जडिएको छ।