CRI
तिब्बती जनताले धार्मिक
स्वतन्त्रताको राम्रो उपयोग
गर्नपाएका छन्। तिब्बत स्वायत्त
प्रदेशका धेरैजसो तिब्बती जाति तथा
मन् पा, लो पा, ना सि आदि जातिका
सर्वसाधारणहरुले तिब्बती बौद्ध
धर्म मान्ने गरेका छन् भने
इस्लामिक धर्म र क्रिश्चियन धर्म
मान्नेहरुको संख्या पनि थोरै छैन।
अचेल तिब्बत स्वायत्त प्रदेशमा
त्यहाँको बौध्द धर्म कार्यक्रम
सञ्चालन गर्नका लागि एक हजार सात
सय भन्दा बढी धार्मिक स्थलहरुको
स्थापना गरिएको छ। ती बौद्ध विहार
वा गुम्बाहरुमा छयालिस हजार भन्दा
बढी भिक्षु-भिक्षुणी वा
लामा-लमिनीहरु बस्नेगरेका छन्।
तीन हजार जति इस्लाम
धर्मावलम्बीहरुले चारवटा मस्जिदमा
पूजा गर्नपाएका छन्। यसका
अतिरिक्त, सात सय भन्दा बढी
क्रिश्चियन धर्मावलम्बीहरुका लागि
एक गिर्जाघर पनि छ। तिब्बतमा
विभिन्न किसिमका धार्मिक
कार्यक्रमहरु सुचारु रुपमा
सञ्चालन गर्नपाइएको छ। विविध
धर्मावलम्बीहरुको धार्मिक आवश्यकता
यथेष्ट रुपमा पूरा भएको छ र विविध
पक्षको धार्मिक भावनाको यथेष्ट
रुपमा सम्मान गरिएको छ।
तिब्बती जनताको
रीतिरिवाज र जीवन-व्यवहारको
सम्मान र संरक्षण गरिएको छ।
तिब्बती जाति तथा त्यहाँका अरु
अल्पसंख्यक जातिहरुले आ-आफ्नो
परम्परागत रीतिस्थिति अनुसार जीवन
बिताउने तथा सामाजिक कार्यक्रम
गर्ने अधिकार र स्वतन्त्रता पाएका
छन्। उनीहरुले आ-आफ्ना जातिका
पहिरन, खाना र आवासको परम्परागत
शैली र पद्धतिलाई कायम राख्नुका
साथै खाने, लाउने र बस्ने तथा
कन्या दान गर्ने, विवाह गर्ने,
स्वर्गवास भएपछि किरिया बस्ने र
अन्त्येष्टि समारोह गर्ने आदि
पक्षमा आधुनिक सभ्यता र स्वस्थ
जीवन प्रतिबिम्बित हुने केही नयाँ
रीतिस्थितिको ग्रहण पनि गरेका छन्।
तिब्बत स्वायत्त प्रदेशमा तिब्बती
पन्चाङ्गअनुसार नयाँ वर्ष,
साकादावा चाड, वांग कव पर्व,
स्युए तोन् चाड आदि केही
परम्परागत चाड-पर्वहरु तथा धेरै
बौद्ध विहार वा गुम्बाका धार्मिक
कार्यक्रम र परम्परालाई कायमै
राखिएको छ। यसका अतिरिक्त, चीन र
संसारका अरु मुलुका विभिन्न
किसिमका नयाँ उत्सव र
आनन्दोत्सवहरुलाई पनि आत्मसात
गरिएको पाइन्छ।
पंच रङ्गे
ध्वजापताकामा तिब्बती
बन्धुहरुको परिप्रेक्षा
|