|
|
|
|
|
नौनी फूल |
|
CRI
नौनी फूललाई तेल कुंदाइ कला पनि
भनिन्छ। यसमा बैद्ध धर्मका कथा,
शाक्य मुनिका कथा, ऐतिहासिक कथा,
जन-श्रुतिका नाटक-कथा आदि विविध
विषयहरु समावेश छन्। ती नौनी फूलमा
सूर्य, चन्द्रमा, घाँस, रुख,
चरा-चुँरुंगी र जीव-जन्तु, घर-भवन
र लता-कुंजका साथै बुद्ध, पण्डित
र आचार्य, निजामती अधिकारी, जनरल
र सैनिकहरुलाई जटिलतापूर्ण बुट्टा
र रेखाहरुद्बारा कुंदिएका छन्।
तीनको शैली सूक्ष्म र उत्तम
देखिन्छ भने कलाको स्तर पनि उच्च
स्थानमा पुगेको देखिन्छ।
नौनी फूल बनाउँदा उपयोगको
अवस्था अनुसार मझौला र साना खोपामा
राखिएको नौनी फूल तथा अवलोकन
गर्नका लागि ठूलो आकारका नौनी
फूलका रुपमा छुट्याइएका हुन्छन्।
खोपामा राखेर पूजा-अर्चानाका लागि
बनाइएका साना खाले नौनी फूल अलि
नरम र टहकिला हुनुका साथै तीनका
बुट्टाहरु पनि विचित्रका देखिन्छन्।
ती नौनी फूलले वातावरणलाई मंगलमय
र हर्षोल्लासपूर्ण बनाउँछन्।
खोपामा देखाइएको नौनी फूलहरु
धेरैजसो त कैयन दर्जन वा कैयन सय
वटा नौनी फूलहरु एकीकृत गरेर एकेक
खोपामा राखिन्छ र त्यो निकै
मनमोहक देखिन्छ।
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|