चिनियाँ महिलाको अवस्था बारे सामान्य जानकारी

CRI


  सन 2002 को अन्तसम्ममा चीनमा महिलाको जनसंख्या 62 करोड पुगेको छ। यो संख्या चीनको कुल जनसंख्याको 48.5 प्रतिशत हो। चीन सरकारले महिलाहरुलाई पुरुष सरह समान अधिकार प्रदान गरी देशको सामाजिक विकासलाई उत्प्रेरित गर्नेगरेको छ। चीन सरकारले महिलाको प्रगति र विकासका लगि राजनितिक तथा कानूनी प्रत्याभूति प्रदान गरेको छ।

     गत शताद्बिको नव्वेको दशकको मध्यदेखियता चीन सरकारले पञ्च वर्षीय र दश वर्षीय "चिनियाँ महिलाको विकास कार्यक्रम"को तर्जुमा गरी महिलाको वैधानिक अधिकार तथा हितको सुरक्षा गरेको छ जसबाट महिलाको उन्नतिलाई उत्प्रेरित गरेको छ। चिनियाँ महिलाहरुलाई राजनीतिक, आर्थिक, सामाजिक र पारीवारिक जस्ता क्षेत्रमा पुरुष सरह अधिकार दिलाउनु मात्र नभई यिनीहरुको विशेष अधिकारको सुरक्षा समेत गर्ने कार्यलाई मुलुलकले आधारभूत मानव अधिकारको सुरक्षाको एक महत्वपूर्ण भाग बनाएको छ। यसले गर्दा चिनियाँ महिलाहरुको स्थान झन-झन उकासिएको छ। महिलाको प्रगति र विकास अभूतपूर्व रुपमा भइरहेको छ।