अखिल चीन महिला संघ

CRI

   

       अखिल चीन महिला संघ देशका विभिन्न जातिका महिलाहरुको अरु बढी स्वतन्त्रताका लागि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा संयुक्त रुपमा गठन भएको सामाजिक संगठन हो। यो संघ चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकार र महिला समूहसँग सम्पर्क कायम गर्ने पुल हो। यो देशको शासन व्यवस्थाको महत्वपूर्ण टेवा पनि हो। यो संघ सन 1949मा स्थापित भएको हो। यसको आधारभूत कर्तव्य आम महिलाहरुलाई एकताबद्ध गराउने र देशको आर्थिक तथा सामाजिक विकासमा सहभागी गराउने हो। महिलाको हक-हितको संरक्षण गर्नु र तीनीहरुको अधिकारको सुरक्षाका लागि प्रयासरत रहनु र पुरुषहरुजत्तिकै महिलाको समान अधिकारको प्रबर्द्धन गर्ने प्रयास गर्नु हो।