सामाजिक कार्यकलापमा महिलाहरुको सहभागिता
CRI

   

      चीनको आर्थिक तथा सामाजिक विकासका साथसाथै चिनियाँ महिलाहरु सामाजिक कार्यकलापमा झन-झन बढी सहभागी हुदैआएका छन्।

        चीनको पश्चिमी भागको बृहद्‍ विकास सम्बन्धी रणनीतिको कार्यान्वयनका क्रममा "सुन्दर पश्चिमी थातथलोको निर्माण गर" नामक गतिविधिको आयोजना तथा "पश्चिमी भागलाई माया गर, मातृत्व मायाको सँगसँगै उपभोग गर" नामक कार्यकलापको सञ्चालनबाट पानी कुण्ड बनाउन बीस करोड चिनियाँ युआनजति रकम पूंजी बटुलेर पश्चिमी भागका सात लाख 80 हजार सर्वसाधारण नरनारीहरुका लागि पानीको अभावको समस्याको समाधान गर्नमा सशक्त सहयोग गर्नुका साथै "महिला जन्मथलो वातावरण" नामक कार्यक्रम चलाई धुमधामसाग "मार्च 8 हरियो परियोजना" लाई अगाडि बढाउने काम गरेको अखिल चीन महिला संघलाई संयुक्त राष्ट्र संघीय वातावरण विकास कार्यालयव्दारा “सारा पृथ्वीका पाँच सय उत्कृष्ठ" भन्ने नाउँबाट विभूषित गरिएको छ।

        "नागरिकको नैतिक निर्माण कार्यको कार्यान्वयन रुपरेखा"लाई व्यवहार उतार्ने र "चीनका वाल-वालिकाहरुमा नैतिक निर्माण सम्बन्धी योजना" लागू गर्ने क्रममा युवावर्ग तथा वाल-वालिकाहरुमाझ किताबका माध्यमबाट देशभक्तिको भावना जागृत गर्ने गतिविधि चलाइएको छ। करोडौं-करोड वाल-वालिकाहरुले अत्यन्तै जोश-जाँगरका साथ सो गतिविधिमा भाग लिएका छन्। यसबाट वाल-वालिकाहरुमा उत्तम नैतिक दृष्टिकोण र चरित्रको विकास हुन सहयोग मिलेको छ।

        पारीवारिक शिक्षा सम्बन्धी धारणामा परिवर्तन ल्याउने कुरालाई महत्व दिएर पारीवारिक शिक्षा सम्बन्धी कार्यलाई गहन पार्दै उत्कृष्ठ बच्चा जन्माउने र त्यसलाई उत्तम शिक्षा प्रदान गर्ने सम्बन्धमा चेतना फैलाइएको छ। सम्बन्धित विभागहरुलाई एकत्रित पारेर तीन लाख अभिभावक विद्यालयहरुको स्थापना गरिएको छ। पारीवारिक शिक्षा परिषद्‍हरु सत्तरी प्रतिशतभन्दा बढी जिल्ला, शहर र टाउन्शीपहरुमा छरिएका छन। यसबाट व्यापक अभिभावकहरुलाई पारिवारिक शिक्षाको स्तर माथि उकास्न सघाउ पुगेको छ।

       "वसन्ते कोपिला योजना"、"सुख-आनन्द योजना" तथा " चिनियाँ वाल परोपकारी दिन" लगायतका ठूला ढाँचे सामाजिक कल्याणकारी गतिविधिले देश-विदेशबाट हार्दिक समर्थन पाउदैआएको छ। ती गतिविधिहरुले चन्दास्वरुप तीस करोड चिनियाँ युआन रकम बटुलेका थिए।

       "पञ्चउत्कृष्ठ सभ्य परीवार" को निर्माण गर्ने अभियान चलाइएको छ। घर-परीवार भनेको महिला संघको परम्परागत कार्य क्षेत्र हो। महिला संघले पचासको दशकदेखि नै "पञ्चउत्कृष्ठ सभ्य परीवार" छनौट गर्ने कार्य थालेको थियो। सन् 1999 को अन्तसम्ममा समस्त चीनका विभिन्न ठाउँले प्रान्त स्तरभन्दा माथिका तीस हजार यस्ता उत्तम परीवारको सराहना गरेका थिए। प्रशंसा गरिएका परीवार सम्बन्धी नमूना कथाहरु प्रायजसो सञ्चार माध्यममार्फत प्रचार-प्रसार गर्नेगरिन्छ। साथै त्यसको प्रचार-प्रसारका निमित्त तीमध्येका कतिपय कथामा आधारिक सांस्कृतिक कार्यक्रम व्यापक शहर र गाउँ-घरहरुमा देखाउने गरिएका छन्। घर-परीवारले परिवर्तनीय आधुनिक समाजसित मेल खानसकोस् भन्नाका लागि समाजमा सभ्य、स्वस्थ र वैज्ञानिक जीवन पद्धतिको ज्ञान फैलाउने काम गरिएको छ। परीवारका सदस्यहरुलाई सही विश्व दृष्टिकोण、जीवन दृष्टिकोण र मूल्य दृष्टिकोण दिलाउन मद्दत गर्नका लागि विभिन्न स्थानका महिला संघले आ-आफ्नो स्थानीय विशेषतायुक्त विविधतापूर्ण पारीवारिक साँस्कृतिक कार्यकलापको आयोजना गरेका छन्। यसका अतिरिक्त विभिन्न तहका महिला संघले पारीवारिक साँस्कृतिक कला महोत्सव、पारीवारिक खेलकूद समारोह जस्ता कार्यक्रमहरुको आयोजनामार्फत विभिन्न घर-परीवारलाई आनन्ददायी र मिजासिलो वातावरण र घरेलु एकता-शक्ति तयार पार्न सघाउ पुर्‍याउने काम गरेका छन्। पारीवारिक हस्तलिपी、चित्रकारी र हस्तकलात्मक वस्तुहरु सम्बन्धी पारीवारिक कला विषयक आदान-प्रदानका कार्यकलाप तथा घरलाई सिंगार पटार गर्ने、खानका परिकार तयार पार्ने、लुगा सिउने र पहिरनको कला सिकाउने जस्ता कुराहरु लगायतका वैज्ञानिक ढंगले घर-परीवारलाई सुव्यवस्थित पार्ने गतिविधिहरु चलाइएबाट सर्वसाधारणहरु जीवनप्रति आशावादी हुनुका साथै तिनीहरुमा निकै जोस-जाँगर जगाइएको छ।

       ग्रामीण क्षेत्रमा पनि गरिबी निवारण गरी सम्पन्न जीवनतर्फ लम्क र विज्ञान प्रविधिका माध्यमबाट कृषिको विकास गर भन्ने नारामा " कृषक परीवारहरुलाई सुख-आनन्द तुल्याउने" सम्बन्धी गतिविधि सञ्चालन गरिएको छ। यस गतिविधिले पूरानो रुढीवादी विचारधारा तथा बानीलाई त्याग्न, स्वास्थ्य लाभ गर्ने र वातावरणलाई सुन्दर पार्ने विचारधारालाई बढाउन, श्रममार्फत धनी बन्न र आफ्नो दैनिक जीवनको गुणस्तरलाई माथि उकास्न किसानहरुलाई सचेत गराउने काम गरेको छ। केही प्रान्तहरुले सञ्चालन गरेका पाँचवटा सुधार अर्थात् पानी, ढल निकासा, बाटो-घाटो, पाइखाना र गाई-वस्तुहरुको खोरमा सुधार गर्ने, चारवटा सफा अर्थात् पानी सफा, बाटो सफा, घर सफा र कोठा सफा अनि तीनवटा सुव्यवस्थित अर्थात् घरहरु सुव्यवस्थित रुपमा देखिने गरी बनाउने, दैनिक जीवनका लागि चाहिने मालसामानहरु व्यवस्थित रुपले राख्ने र कोठालाई सुव्यवस्थित ढंगले सजाउने जस्ता कार्यकलापबाट गाउँ-घरहरुको अनुहारमा निकै हेरफेर आएको छ। त्यसैगरी शहर र बस्तीहरुका सामुदायिक क्षेत्रहरुले पनि धुमधामसँग सभ्य भवनको निर्माण गर्ने, आफ्नो सामुदायिक क्षेत्रलाई माया गर्ने तथा आफ्नो ढोका खोलेर पाहुनालाई स्वागत गर्ने लगायतका गतिविधिहरुको आयोजना गरेकोले मानिस-मानिस बीचको सम्बन्ध र परीवार-परीवार बीचको सम्बन्ध घनिष्ठ हुनपुगेको छ, साथै परीवारका सदस्यहरुको सामाजिक उत्ररदायित्व निकै बढेको छ। धेरै प्रान्त र शहरहरुले महिला-थातथली-वातावरणलाई मुख्य विषय बनाएर वातावरण संरक्षण सम्बन्धी शैक्षिक कार्यकलाप चलाई वातावरण सम्बन्धी ज्ञान फिंजाउने र वातावरण संरक्षण सम्बन्धी परीवारका सदस्यहरुको विचारधारालाई बढाउने काम गरेका छन्। फोहोर कसिंगरमा भएका चीजको जात हेरी छुट्याएर राख्ने, उर्जा शक्तिको किफायत गर्ने, हरियो क्षेत्रको संरक्षणका लागि चन्दा दिने र वृक्षारोपण गर्ने जस्ता परीवारका सदस्यहरु प्रधान रहेको सामुदायिक क्षेत्रलाई सुन्दर पार्ने वातावरण संरक्षणका गतिविधिहरुबाट सामुदायिक क्षेत्रको सभ्यता निर्माण गर्ने काममा सशक्त उत्प्रेरणा मिलेको छ।