राजनीतिक मञ्चमा महिलाहरु
CRI
 

      सुंग छिंग लिंग

 सुंग छिंग लिंग (1893 – 1981)। सुंग छिंग लिंग एकजना राजनीतिज्ञ र सक्रिय सामाजिक कार्यकर्ताका साथै जन-गण्तन्त्र चीनका प्रमुख नेताहरुमध्ये एक हुनुहुन्थ्यो । उहाँ चीनको क्वांग तुंग प्रान्तको वन् छांगका बासिन्दा हुनुहुन्थ्यो ।(अहिले हाइ नान् प्रान्तको मातहतमा)सन् 1913मा उहाँले अमेरिकाको जर्जिया राज्यको वेस्लेयान विश्वविद्यालयबाट स्नातक गर्नुभयो । सन् 1915मा उहाँ र डाक्टर सुन् या सिआन् बीच विवाह भयो। सन् 1925 मा डाक्टर सुन या शिआन्को निधनपछि उहाँले रुस, कम्युनिष्ट पार्टी तथा किसान र मजदूरहरुलाई सहायता दिने नीतिमा डटिरहनुभयो। सन् 1927 र 1929मा साम्राज्यवाद विरोधी अन्तर्राष्ट्रिय साझेदारी संघले उहाँलाई मानार्थ अध्यक्ष निर्वाचित गरेको थियो र उहाँ फासिस्ट विरोधी समितिका मुख्य नेतृत्वदायी व्यक्तिहरुमध्ये एक बनिसक्नुभएको थियो। सन् 1931मा उहाँले चीन फर्केर सामाजिक हित-कल्याण कार्यमा संलग्न हुनुका साथै जापान विरोधी देश बचाउने कार्बाहीमा भाग लिएर जापान सामु कोमिन्तांग सरकारलको रियायत र आत्मसमर्पणको आलोचना गर्दै जनतालाई अत्याचार गर्ने कोमिन्तांग सरकारको नीतिको विरोध पनि गर्नुभएको थियो। सन् 1932 को अन्तमा [चीन प्रजातान्त्रिक अधिकार प्रत्याभूति संघ] को स्थापना गरी प्रजातान्त्रिक अधिकारका लागि संघर्ष गर्ने क्रान्तिकारीहरुको सुरक्षामा लाग्नुभएको थियो। सन् 1933मा उहाँ साम्राज्यवाद र युद्ध विरोधी सुदूर-पूर्व साझेदारी संघको चीन शाखाका अध्यक्षा निर्वाचित हुनुभयो। चीनमा जापानको आक्रमण विरोधी युद्ध शुरु भएपछि उहाँले हंगकंगमा [ चीनको संरक्षण संघ ] को स्थापना गरी औषधी र सामानहरु संकलन गरेर चिनियाँ जनताको जापानी आक्रमण विरोधी संघर्षमा सहायता पुर्‍याउनुभएको थियो।

सन् 1945को नभेम्वर महिनामा जापानी आक्रमण विरोधी चीनको संघर्षले विजय हासिल गरेपछि सुन छिंग लिन्ले चीनमा गृह-युद्ध गर्ने च्यांग के शेकको समर्थन गर्ने अमेरिकी सरकारको प्रतिरोध गर्न अमेरिकी जनता समक्ष आव्हान गर्नुएको थियो। त्यस अवधिमा उहाँले [चीन हित कल्याण कोष ] को स्थापना गरी महिला तथा वाल-वालिकाहरु सम्बन्धी कल्याण कार्यमा भाग लिनुभएको थियो । जन-गणतन्त्र चीनको स्थापना पछि उहाँ केन्द्रीय जन-सरकारका उपाध्यक्षा निर्वाचित हुनुभयो र त्यसपछि उहाँ उप-राष्ट्राध्यक्षा, चिनियाँ राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिका उपाध्यक्ष, सकल चीन महिला संघका मानार्थ अध्यक्ष तथा चिनियाँ वाल-वालिका संरक्षण राष्ट्रिय समितिका अध्यक्षको पद सम्भाल्नुभएको थियो। सन् 1951मा उहाँले [अन्तर्राष्ट्रिय शान्ति सुदृढ ] स्टालीन पुरस्कार पाउनुभएको थियो। सन् 1952मा उहाँ एशिया तथा प्रशान्त क्षेत्रको शान्तिपूर्ण सम्पर्क समितिका अध्यक्ष निर्वाचित हुनुभयो।



   छाई ठाङ

  छाई ठाङ [1900 – 1990]। चौथो र पाँचौ चिनियाँ राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिका उपाध्यक्ष हुनुभएका छाई ठाङ एक जना वरिष्ट सर्वहारावादी क्रान्तकारी हुनुका साथै चिनियाँ महिला आन्दोलनका अग्रगामी र उत्कृष्ठ नेतृत्वदायी व्यक्ति तथा अन्तर्राष्ट्रिय प्रगतिशील महिला आन्दोलनका प्रसिद्ध कार्यकर्ता हुनुहुन्थ्यो। उहाँ हु नान् प्रान्तको सिंआङ सिआङ अर्थात अहिलेको शुआङ फै जिल्लाका निबासी हुनुहुन्थ्यो।

युवा अवस्थामा उहाँले फ्रान्समा अध्ययन गर्नुभएको थियो। सन् 1923मा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएको थियो र 1934 को अक्टुवर महिनामा विश्वविख्यात लामो अभियानमा भाग लिनुभएको थियो। सन् 1949मा नयाँ चीनको स्थापनापछि उहाँले सकल चीन महिला संघका पहिला, दोस्रा, तेस्रा कार्यकालका अध्यक्ष र चौथो कार्यकालका मानार्थ अध्यक्षको पद सम्भाल्नुभएको थियो। यसका अतिरिक्त, उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको आठौं, नवौं, दशौं र एघारौं केन्द्रीय समितिका सदस्य, चिनियाँ राष्ट्रिय जन-कांग्रेसको पहिलो, दोस्रो र तेस्रो स्थायी समितिका सदस्य तथा चौथो र पाँचौ स्थायी समितिका उपाध्यक्ष हुनुभएको थियो।


 तंग यंग छाउ

  तंग यंग छाउ (1904 – 1992)उहाँको थातथलो ह नान् प्रान्तको क्वांग शान र जन्तथलो क्वांग सिको नान् निंग थियो। तंग यंग छाउ एक जना सर्वहारावादी क्रान्तकारी , राजनीतिज्ञ र प्रसिद्ध सामाजिक कार्यकर्ता हुनुका साथै चिनियाँ महिला आन्दोलनका अग्र दूत पनि हुनुहुन्थ्यो। सन् 1919 मा उहाँले साम्राज्यवाद र सामन्तवाद विरोधी [मे चार] आन्दोलनमा भाग लिनुभई चाउ एन लाई आदि व्यक्तिहरुसंगै थिआन् चिंगका विद्यार्थीहरुको देशभक्त आन्दोलनको गठन गर्नुभयो। सन् 1925मा उहाँ र चाउ एन लाई बीच विवाह भयो। उहाँले विश्वविख्यात लामो अभियानमा भाग लिनुभएको थियो। उहाँ आक्रमण विरोधी अन्तर्राष्ट्रिय आन्दोलन सम्बन्धी सम्मेलनको चीन शाखामा सदस्य हुनुहुन्थ्यो। उहाँले जन-गण्तन्त्र चीनको स्थापनापछि सकल चीन महिला संघका पहिलो, दोस्रो र तेस्रो कार्यकालका उपाध्यक्ष र पार्टी समितिका उप-सचिवको पद पनि सम्भाल्नुभएको थियो। साथै उहाँ चौथो महिला संघका मानार्थ अध्यक्ष पनि हुनुहुन्थ्यो। यसका अतिरिक्त, उहाँ वाल-वालिका संरक्षण सम्बन्धी चिनियाँ राष्ट्रिय समितिका उपाध्यक्ष, चीनको वैदेशिक मितेरी संघका मानार्थ प्रमुख पनि हुनुहुनथ्यो। उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको आठौंदेखि बाह्रौं केन्द्रीय समितिका सदस्य हुनुका साथै एघारौं र बाह्रौं केन्द्रीय राजनीतिक ब्यूरोका सदस्य, केन्द्रीय अनुशासन अनुगमन आयोगका व्दितीय सचिव, चिनियाँ राष्ट्रिय जन-कांग्रेसको पहिलोदेखि तेस्रो स्थायी समितिका सदस्य, चौथो र पाँचौ चिनियाँ राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिका उपाध्यक्ष, पहिलो चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्य तथा छैठौंका अध्यक्ष हुनुहुन्थ्यो।
   

 श ल्यांग

   श ल्यांग (1900 - 1985) चीनको च्यांग सु प्रान्तको छाङ चाउ शहरका निबासी हुनुहुन्थ्यो। उहाँ पाँचौ र छैंठौ चिनियाँ राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिका उपाध्यक्षका साथै पाँचौ चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष तथा जन-गणतन्त्र चीनको केन्द्रीय सरकारको कानून मन्त्रालयको पहिलो कार्यकालका मन्त्री हुनुहुन्थ्यो। यसका अतिरिक्त, उहाँ चिनियाँ महिला आन्दोलनका अगुवा नेताहरुमध्येका एक र राजनीतिज्ञ तथा प्रसिद्ध महिला वकिल पनि हुनुहुन्थ्यो। उहाँले सन् 1931 देखि वकिलका रुपमा काम गर्नथाल्नुभएको थियो। सन् 1936 मा जापानी आक्रमण विरोधी आन्दोलन तथा देशलाई पतनोन्मुख अवस्थाबाट जोगाउने आन्दोलनको नेतृत्व गर्नुभएका कारण त्यस बेलाको को मिन् तांग सरकारले उहाँलाई पक्राउ गरेको थियो। नयाँ चीनको स्थापनापछि उहाँलाई केन्द्रीय सरकारको कानून मन्त्रालयको प्रथम कार्यकालका मन्त्री तथा राज्य परिषद अन्तर्गत राजनीतिक एवम् कानूनी समितिका सदस्य तोकिनुका साथै पहिलो देखि छैठौं चिनियाँ राष्ट्रिय जन-कांग्रेसका प्रतिनिधिका साथै दोस्रो देखि पाँचौ स्थायी समितिका सदस्य तथा कानून समितिका उप-प्रमुख र पाँचौ चिनियाँ राष्ट्रिय जन-कांग्रेसको दोस्रो सम्मेलनमा त्यसको स्थायी समितिका उपाध्यक्षको पदमा पुन: निर्वाचित गरिएको थियो। साथै उहाँ छैठौं चिनियाँ राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिका उपाध्यक्ष, चिनियाँ जन-राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलोदेखि चौथो स्थायी समितिका सदस्य तथा पाँचौ स्थायी समितिका उपाध्यक्ष पनि हुनुहुन्थ्यो। यसका अतिरिक्त, उहाँ प्रजातान्त्रिक संघको पहिलो केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य, पहिलो देखि तेस्रो प्रजातान्त्रिक संघको केन्द्रीय समितिका उपाध्यक्ष तथा त्यस संघका चौथो र पाँचौ केन्द्रीय समितिका अध्यक्ष र सकल चीन महिला संघको पहिलोदेखि चौथो कार्यकालका उपाध्यक्ष पनि हुनुहुन्थ्यो।


  उ ई

  उ ईको जन्म सन् 1938मा भएको थियो। उहाँ चीनको हु पै प्रान्तको उ हान् शहरका निबासी हुनुहुन्छ। अहिले उहाँ जन-गणन्त्र चीनको राज्य परिषदका उप-प्रधान मन्त्री हुनुहुन्छ। उहाँ पैचिंग पेट्रोल इन्स्टिच्यूट अन्तर्गत पेट्रोल प्रशोधन विभागका स्नातक हुनुहुन्छ र एकजना उच्चस्तरका इन्जिनियर पनि। सन् 1962को अप्रिल महिनामा उहाँ चिनियाँ कम्युनिष्ट पार्टीमा सहभागी हुनुभई सन् 1962को अगष्ट महिनामा काम गर्न थाल्नुभयो। उहाँले कारखानाको ज्यासलका प्राविधिज्ञ, प्रशासनिक कार्यालयका कार्यकर्ता, कारखानाका उप-प्रमुखको कार्यभार सम्भानुभएको थियो। सन् 1983 – 1988मा उहाँ पैचिंग यान् शान् पेट्रोल एवम् रासायनिक उद्योग कम्पनीका उप-प्रबन्धक, पार्टी समितिका उप-सचिव हुनुहुन्थ्यो। सन् 1988-1991 सम्म उहाँ पैचिंग शहरका उप-प्रमुश हुनुहुन्थ्यो। सन् 1991देखि 1993सम्म उहाँ चीनको वैदेशिक आर्थिक सहयोग एवम् व्यापार मन्त्रालयका उप-मन्त्री एवम् पार्टी समितिका उप-सचिव हुनुहुन्थ्यो । सन् 1993 देखि उहाँले चीनको वैदेशिक व्यापार एवम् आर्थिक सहयोग मन्त्री र पार्टी समितिका सचिवको पद सम्हाल्नुभयो। सन् 1998 देखि 2003 सम्म उहाँ चीनको राज्य परिषदका सदस्य हुनुहुन्थ्यो। सन् 2003 को मार्च महिनादेखि उहाँले उप-प्रधान मन्त्रीको पद सम्भाल्नुभयो र सोही वर्षको अप्रिल महिनादेखि स्वास्थ्य मन्त्रीको पद पनि सम्भाल्नुभयो। उ ई चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका वैकल्पिक सदस्य, साथै चिनियाँ कम्युनिष्ट पार्टीको चौथौं, पन्ध्रौ र सोह्रो केन्द्रीय समितिका सदस्य तथा पन्ध्रौ राजनीतिक ब्यूरोका वैकल्पिक सदस्य र सोह्रौ चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य हुनुहुन्छ।