चिनियाँ महिलाहरुको श्रम अधिकार
CRI

   

     चीनका आम महिलाहरुको श्रम अधिकारलाई सुनिश्चित पार्नका लागि "श्रम ऐन" लगायतका सम्बन्धित ऐन र नियमहरुको सधैं नै सक्रियताका साथ पालना गर्दै सम्बन्धित निकायहरुले कामदार भर्ना गर्दा वा करारपत्र अनुसार ज्यालादारीमा काम लिंदा भेदभाव गर्न नपाइने व्यवस्थालाई चीनका सम्बन्धित विभागले सुनिश्चित पारेका छन। पुरुष सरह नै महिलाले पनि समान रुपले पूंजी, प्रविधि लगायतका उत्पादक कारकतत्वहरुमाथिको वितरण अधिकार पाउनुपर्ने र वितरण सम्बन्धी विभिन्न पद्धतिमा पुरुष र महिला दुबैका लागि समान काम, समान माम हुनुपर्ने कुरालाई प्रत्याभूति दिइएको छ। एउटै काममा लाग्नेहरुमध्ये पुरुष र महिला बीचको तलब फरक हुन नदिई पुरुष र महिला बीचको आर्थिक असमानतालाई क्रमश: साँघुरो पार्दैलगिएको छ। महिलाहरुका लागि रोजगारीको बाटोलाई फराकिलो पार्दै आर्थिक विकास र उत्पादनको बनौटलाई व्यवस्थित पार्ने क्रममा जागीर खानचाहने महिलाहरुको इच्छामा पूर्ण रुपमा विचार पुर्‍याएर तेश्रो उत्पादन, अझ खास गरी सामुदायिक क्षेत्रमा सेवामूलक व्यवसाय संञ्चालन गरिएको छ जसबाट महिलाहरुका लागि रोजगारको अवसर उपलव्ध भएको छ। महिला कामदारहरुका लागि श्रममा सुरक्षा सम्बन्धी नीतिलाई अरु बढी रुपमा व्यवहारमा उतार्दै रोजगार उपलव्ध गराउने विभिन्न निकायहरुलाई महिला कामदारहरु सम्बन्धी विशेष श्रम-सुरक्षा बुंदाहरुलाई श्रम करार-पत्र र सामूहिक करार-पत्रमा गाभेर महिनावारीको बेला, गर्भवती भएको बेला, प्रसुती भएको बेला र बच्चालाई दूध खुवाउनुपर्ने बेला गरी यी चार अवधिमा महिला कामदारहरुको संरक्षण गर्ने काम राम्ररी गर्नुपर्ने निर्देशन दिइएको छ। ग्रामीण महिलाहरुले स्थानीय पुरुषहरु सरह नै खेत-जग्गा ठेक्कामा लिने अधिकार, उत्पादन र व्यवसाय गर्ने अधिकार, घर-जग्गाको वितरणको अधिकार, खेत-जग्गाको अधिग्रहण गरिएको खण्डमा दिइने क्षतिपूर्ति रकम प्राप्त गर्ने र शेयरको हिस्सेदार बन्ने अधिकार पाउँछन्। यसका साथै ग्रामीण क्षेत्रका जगेडा महिला-श्रमिकहरुलाई गैह्र-कृषि व्यवसायतर्फ जान हौसला दिन र सहयोग पुर्‍याउनका लागि ती सम्बन्धित विभागहरुले ग्रामीण महिलाहरुको हितअनुकुलका विभिन्न श्रमिक प्रविधि र शीप-कौशल सम्बन्धी तालिम दिंई तिनीहरुलाई परम्परागत खेती-पातीबाट गैह्र-कृषि व्यवसायतर्फ स्थानान्तरित हुन सहायता दिएका छन्।