चिनियाँ महिलाहरुको शैक्षिक अवस्था
CRI
 

       चीनको संविधान, [अनिवार्य शिक्षा कानून, [महिलाहरुको अधिकार संरक्षण कानून ] तथा अरु सम्बन्धित कानूनमा पुरुषहरु सरह शिक्षा पाउने महिलाहरुको अधिकारलाई स्पष्टताकासाथ सुनिस्चित गरिएको छ। सन् 2001मा चीनका प्राथमिक विद्यालयमा भर्ना हुने उमेर पुगेका वाल-वालिकाहरु मध्ये 99.1 % वाल-वालिकाले पढ्न पाए भने 99.01 % वालिकाहरुले पनि प्राथमिक विद्यालयमा भर्ना हुन पाएका थिए। सन् 2002 अघि साधारण प्राथमिक विद्यालयमा पढ्ने छात्राहरुको संख्या तीन करोड सतासी लाख दुइ हजार पुगी त्यसले सम्पूर्ण विद्यार्थीहरुको कुल संख्याको 46.7% स्थान ओगटेको थियो। विश्वविद्यालयका छात्राहरुको संख्या उनान्चालिस लाख सत्तरी हजार पुगी सम्पूर्ण विद्यार्थीहरुको कुल संख्याको चवालिस प्रतिशत स्थान त्यसले ओगटेको थियो। यस संख्यामा पाँच वर्ष अघिको तुलनामा छ प्रतिशतले वृद्धि भएको छ। केही वर्षयता चीनमा महिला शिक्षाको अवस्थामा निकै सुधार भएको छ। पुरुष र महिलाहरुका बीच शिक्षा ग्रहण गर्ने समय पनि त्यति फरक नभएको पाइयो। सन् 2000मा चीनको पाँचौ जन-गणनाको तथ्यांकअनुसार, चिनियाँ वालिकाहरुले सरदर सात वर्षे शिक्षा नीतिबाट लाभान्वित हुन पाएका छन्। वयस्क पुरुष र महिलाहरुमा साक्षरहरुको संख्या सन् 1995को 1.4% बाट घटेर 1.07% मा पुगेको वताइएको छ।