महिला स्वास्थ्य सेवाको प्रत्याभूति
CRI
 

      केही वर्षयता चिनियाँ महिलाहरुको स्वास्थ्यको अवस्थामा निकै सुधार भएको देखिएको छ। सन् 2002सम्म चीनमा गर्भवती तथा सुत्केरी महिलाहरुका लागि स्वास्थ्योपचार सेवाले सम्पूर्ण महिलाको 86% लाई सेवा पुर्‍याउन सफल भएको थियो भने 78.8% महिलाहरुले अस्पतालमै बसेर बच्चा जन्माउने गरेका थिए। पाँच वर्षअघिको तुलनामा यो संख्यामा 12 % ले वृद्धि भएको थियो। सन् 1997 ताका सुत्केरी महिलाहरुको मृत्यु दर एक लाखमा 63.6 बाट घटेर सन्2002 को प्रति एक लाखमा 50.2 रहेको थियो। अहिले पूर्वअनुमान अनुसार महिलाहरुको सरदर आयु 73.6 वर्ष रहनेछ र पुरुषहरुको उमेरको दाँजोमा 3.8 वर्ष बढी हुने भएको छ।