विवाह र परीवार सम्बन्धी समान ह-अधिकार
CRI

  

       चीनका पैंतीस करोड परीवारहरुमध्ये धेरैजसो प्रेम-विवाहका आधारमा वैधानिक अथवा कानूनी तरिकाले पारीवारिक जीवनमा आबद्ध भएका छन। यी परीवारका सदस्यहरु बीचको सम्बन्ध समानतामा आधारित हुन्छ र महिलाले पनि धन र सुरक्षा सम्बन्धी व्यापक अधिकारको उपभोग गर्नसक्छन।

      सन् 2001 को अप्रिल महिनामा, चीनको राष्ट्रिय जन-कांग्रेसको स्थायी समितिले संशोधित “विवाह ऐन” वितरण गरेको थियो। नयाँ “विवाह ऐन”मा आफ्नो विवाह मौजुद रहेको अवस्थामा अर्कासँग विवाह गर्ने, लोग्ने वा स्वास्नीमध्ये कसैले पनि अर्को मानिससँग बसोबास गर्ने र परीवारमा श्रीमानले श्रीमतीलाई कुटपिट गर्ने कार्यलाई निषेध गरिएको छ। साथै सो ऐनमा अवैधानिक विवाहको व्यवस्था र लोग्ने-स्वास्नी बीच झगडा भएको अवस्थामा अंश सम्बन्धी व्यवस्थालाई पनि पूर्णता दिलाइएको छ। सो ऐनमा अरुको विवाह र परीवारलाई भाँड्नेलाई दण्ड-सजायको अरु कडा व्यवस्गा गरिएको छ। सो ऐनले कानूनको दृष्टिकोणबाट विवाह र परीवारमा महिलाहरुको स्थानको संरक्षण गरेको छ।

       परीवारमा समानतामा आधारित, मिलनसार र सभ्य सम्बन्धको स्थापनाका लागि चीनले लामो समयदेखि “पाँचवटा उत्तम परीवार बन्ने” गतिविधि चलाउँदैआएको छ। यसका आधारमा चीनमा अठारवटा सरकारी र गैर-सरकारी संगठनद्बारा गठित “देशभरिका पाँचवटा परीवार सम्बन्धी तारतम्य मिलाउने टोली”को पनि गठन गरेको छ। यसैले चीनले पाँचवटा उत्तम परीवारको स्थापना गर्ने गतिविधिलाई राष्ट्रिय आर्थिक र सामाजिक विकास तथा भावनात्मक सभ्यताको निर्माणको समष्टिगत योजनामा राखेको छ। सन् 2000 मा अखिल चीन महिला संघ र राष्ट्रिय तथ्यांक ब्यूरोद्बारा संयुक्त रुपमा आयोजित गरिएको चीनका महिलाको सामाजिक स्थान सम्बन्धी एक सर्भेक्षणको नतिजाले चीनका शहर र ग्रामीण क्षेत्रका 93.2 प्रतिशत महिलाहरु आफ्नो वैवाहिक जीवनदेखि “निकै सन्तुष्ट” देखिएकव कुरा उल्लेख गरेको छ।