चिनियाँ र विदेशी महिला बीचको आदान-प्रदान
CRI


      सन् 1995को जून महिनामा अखिल चीन महिला संघले चीनको पहिलो गैर-सरकारी संगठनका रुपमा राष्ट्र सं‍घीय आर्थिक तथा सामाजिक परिषदको परामर्शदाताको स्थान प्राप्त गरेपछि अब यो विश्वस्तरीय तथा राष्ट्र संघीय विभिन्न कार्यक्रम र सम्मेलनमा सहभागी हुनेभएको छ। जस्तो मानव अधिकार समितिको सम्मेलन, महिलाको स्थान सम्बन्धी समितिको सम्मेलन, महिला तथा वाल-वालिका सम्बन्धी विशेष सम्मेलन र दिगो विकास सम्बन्धी शिखर सम्मेलन आदि आदि। अखिल चीन महिला संघले विश्वमा शान्ति र विकासोन्मुख मुलुकको हित र महिलाहरुको विकास तथा हक-हितका लागि सक्दो योगदान गर्नेगरेको छ।

      अखिल चीन महिला संघले लोक परराष्ट्र कार्यक्रममार्फत वैदेशिक आदान-प्रदान तथा सहयोग गर्नेगरेको छ। हालसम्म यसले 151 मुलुकका सात सय महिला तथा वाल-वालिका सम्बन्धी संघसँग मैत्रिपूर्ण सम्बन्ध स्थापना गरिसकेको छ र सफलताका साथ चौथों विश्व महिला सम्मेलन, चीन-यूरोपेली संघ महिला समस्या सम्बन्धी गोष्ठी, एपेक महिला नेता सम्मेलन र बहुपक्षीय अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिसकेको छ।