अन्तर्राष्ट्रिय महिला सहयोग परियोजना
CRI

   
      चीनका धेरै महिला संगठनहरुले हाल अन्तर्राष्ट्रिय सहयोग परियोजना र प्रगतिशील विचारका सहायताले चिनियाँ महिलाका वास्तविक समस्याको समाधान गर्नथालेका छन। वितेका पाँच वर्षमा अखिल चीन महिला संघले विभिन्न अन्तर्राष्ट्रिय संगटनसँग मिलेर विविध किसिमका अन्तर्राष्ट्रिय परियोजनामा आपसी सहयोग गरिरहेको छ जसले महिला र वाल-वालिकाको स्वास्थ्य र जीवनमा सुधार ल्याउनका लागि राम्रो भूमिका खेलेको छ।

      अखिल चीन महिला संघले हाल विश्वका सम्बन्धित महिला संघसँग विविध किसिमको सहयोगको आदान-प्रदान गर्दैआएको छ।

      उदाहरणका लागि सन 1998मा सञ्चालित चीन र क्यानाडा बीचको महिला ऐन परियोजनालाई लिन सकिन्छ। त्यसमा महिलाको अधिकार र हितको सुरक्षा गर्ने र त्यस कानूनलाई व्यवहारमा उतार्ने कुरा समावेश छन। यस ऐनमा घरेलु कार्यमा मात्र लाग्न वाध्य महिलाहरुको हक र अधिकारको सुरक्षाको कुरा समावेश छ।

      अर्को मै गौ नदी क्षेत्रमा महिला तथा वाल-वालिकाको बेच-बिखन विरुद्ध परियोजना हो। यस परियोजना सन् 2002मा अन्तर्राष्ट्रिय रुमिक संगठनको सहयोगमा अखिल चीन महिला संघले चीनको युन नान प्रान्तमा सञ्चालन गरेको परियोजना हो। यस परियोजनाबाट महिलाहरुले आफूलाई फकाएर फुस्ल्याएर उनिहरुलाई बेच्न लैजाने जस्ता घटनाको प्रतिकार कसरी गर्ने भन्ने बारेमा धेरै ज्ञान प्राप्त गरेका छन।