CRI
चीनको परम्परागत चिकित्सा-शास्त्र
भनेको चीन राष्ट्रले दीर्घकालीन
चिकित्सा तथा जीवन सम्बन्धी
अनुभवको निरन्तर संग्रह, संकलन र
बारम्बारको निष्कर्षबाट क्रमशः
स्थापित हुनपुगेको विशिष्ट
शैलीयुक्त सैद्धान्तिक चिकित्सा
प्रणाली हो।
चीनको परम्परागत
चिकित्सा-शास्त्र चीनका विभिन्न
जातीय चिकित्सा-शास्त्रको
समष्टिगत रुप पनि हो। त्यसमा
खास गरी हान, तिब्बत, मंगोलिया
तथा युगुर आदि जातिहरुको
चिकित्सा-शास्त्र समावेश छन्।
चीनको परम्परागत
चिकित्सा-शास्त्रमध्ये हान
जातिको जनसंख्या सबैभन्दा बढी,
लिपि-अक्षरको उत्पत्ति सबैभन्दा
अगाडि र त्यसको इतिहास एवम्
सँस्कृति पनि अलि पूरानो भएकाले
चीनमा र अझ कहाँसम्म भने संसारमै
पनि हान जातिको
चिकित्सा-शास्त्रको प्रभाव
सबैभन्दा बढी भएको मानिएको छ।
19 सौं शताब्दीमा पश्चिमी जगतको
चिकित्सा-शास्त्रको प्रसार चीनमा
भई त्यसको व्यापक विस्तार
भएपश्चात् त्यस्तो "पश्चिमी
चिकित्सा-शास्त्र"बाट अलग्याउनका
लागि हान जातिको
चिकित्सा-शास्त्रलाई "चिनियाँ
चिकित्सा-शास्त्र" भन्ने संज्ञा
दिइएको छ।
|