CRI
अक्युपन्चर चीनको परम्परागत
चिकित्साको महत्वपूर्ण भाग हो।
शुरुमा अक्युपन्चर चिकित्साको एक
किसिमको तरिका मात्र थियो। पछि
त्यो क्रमश: एक किसिमको विज्ञान
बनेको हो। ( बायाँतिरको चित्र:
अक्युपन्चर )
अक्युपन्चरको इतिहास निकै लामो छ।
प्राचीनकालको किताबमा लेखिएअनुसार,
सबैभन्दा पहिले अक्युपन्चर गर्ने
सियो ढुंगाले बनाइएको थियो। यस
किसिमको ढुंगा हालदेखि आठ हजार वा
चार हजार वर्षअघिको नयाँ ढुंगे
युगमा देखापरेको थियो। इसा पूर्व
770 देखि 476 सम्म चिकित्सा
विद्यामा इन्द्रजालको परित्याग गरी
विशेष चिकित्सा प्रणालीलाई
व्यवहारमा लागू गरिएको थियो।
प्राचीन कालको एउटा किताबमा लेखिए
अनुसार, शरीरमा ओखती पुग्न नसक्ने
ठाउँमा अक्युपन्चर गरेर वा आगोले
पोलेर रोगको उपचार गर्न सकिएको
कुराको वयान गरिएको छ।
इसा पूर्व 476 देखि 25सम्म फलाम बनाउने
प्रविधिको विकास भएको सन्दर्भमा
धातुबाट बनेको सियोले ढुंगाबाट
बनेको सियोलाई विस्थापित गर्यो।
यसरी धातुको सियो व्यापक रुपमा
व्यावहारिक प्रयोगमा आयो। त्यसैगरी,
अक्युपन्चरको विकास क्रमलाई तिव्र
पारिएको थियो। अक्युपन्चर
गर्नजान्ने चिकित्सकको संख्या पनि
छिटो-छिटो बढेको थियो। सन्
265देखि 589 सम्म, अक्युपन्चर
सम्बन्धी किताबको संख्यामा पनि
वृद्धि भएको थियो। यस अवधिमा चीनको
अक्युपन्चर कोरिया र जापान आदि
देशमा फैलिएको थियो।
सन् 581देखि 907 सम्म अक्युपन्चर एक किसिमको
विशेष शास्त्रको रुपमा विकसित
भएकाले त्यस बेलाको चिकित्सा
शिक्षा विद्यालयमा अक्युपन्चर
सम्बन्धी ज्ञान दिनेगरिएको थियो।।
16 औं शताद्बिमा अक्युपन्चर बारे
यूरोपमा जानकारी गराउन थालिएको
थियो। तर चीनको छिङ्ग वंशमा
चिकित्सकहरुले ओखतीमा मात्र ध्यान
दिएका कारण अक्युपन्चरको विकास
रोकिएको थियो।
सन् 1949मा जन-गणतन्त्र चीनको स्थापना भएपछि
अक्युपन्चरको ठूलो विकास भएको छ।
हाल चीनभरि छरिएर रहेका दुइ
हजारभन्दा बढी चिनियाँ अस्पतालमा
अक्युपन्चरको ज्ञान दिनेगरिएको छ।
अक्युपन्चरको अनुसन्धान गर्ने काम
मानिसको शरिरका विभिन्न अंशसँग
सम्बन्धित छ जसबाट मूल्यवान्
वैज्ञानिक परीक्षण सामग्री हासिल
भएको छ।
|