म्याओ जातीय चिकित्सा विद्या
CRI


      म्याओ जातीय चिकित्साको ठहर अनुसार विष, किटाणु र किरा आदि मानिसहरुलाई रोगी बनाउने छवटा कारक तत्वहरु छन। छोटकरीमा यी छवटा कारण यस प्रकार छन: रोगको निदान गर्नका लागि मुख्यतः स्वर सुन्ने, रंग हेर्ने, सोधपूछ गर्ने र हातले छुन्ने नाप्ने आदि परम्परागत उपायमार्फत मानिसको शारीरिक तथा मानसिक परिवर्तनको अवलोकन गरिन्छ।

      म्याओ जातीय चिकित्सा अन्तर्गत धेरैजसो औषधि वनस्पति र जनावरको उपयोग गरिएको छ र खनिज पदार्थको एकदमै थोरै। सारांशमा भन्ने हो भने ती औषधिका विशेषता तातो, चिसो र न तातो न चिसो तीन किसिमका छन् । तातो गुण हुने औषधिले चिसो रोगको उपचार गर्नसक्दछ। चिसो गुण हुने औषधिले तातोका कारण लागेको रोगको उपचार गर्नसक्दछ। अपूर्ण तथ्यांक अनुसार, हाल सजिलै पाइने औषधिका जात 1500 वटासम्म पुगेको छ र सबैभन्दा बढी उपयोगी औषधिको प्रकार दुइ सयसम्म पुगेको छ।

      म्याओ जातीय औषधि धेरैजसो म्याओ जाति बसोबास गर्ने म्याओ लिन पर्वतमाला, उ मंग पर्वतमाला र उ लिन पर्वतमाला आदि क्षेत्रमा प्रचलित छन। विभिन्न क्षेत्रको अक्षांश, भौगोलिक स्थिति र उपचारको चलन फरक भएकाले विभिन्न किसिमका औषधिको विभाजन पनि फरक छ । बिताका केही वर्षदेखि चीनको म्याओ जाति बसोबास गर्ने व्यापक क्षेत्रमा धेरै औषधिको उत्पादन अखडा खडा भएका छन् र सबैभन्दा चलित ओषधिको खेति पनि गर्न थालिएको छ।