CRI
(ऐतिहासिक विवरण)नामक एक
किताबलाई चीनको इतिहासमा एक
महत्वपूर्ण ऐतिहासिक-साहित्यिक
पुस्तक ठानिएको छ। यसका
अतिरिक्त, यो किताब
जीवन-वृत्तान्त सहितको
साहित्यिक ग्रन्थ पनि हो। त्यस
किताबले चीनका त्यसपछिका
पुस्ताको इतिहास र साहित्यमा
गहिरो प्रभाव पारेको छ। ईसा
पूर्व पहिलो शताब्दिताका चीनको
पश्चिमी हान् राज्यकालमा त्यो
किताब लेखिएको थियो। त्यस
किताबमा चीनको प्रागकालदेखि
पश्चिमी हान् राज्यकालसम्म तीन
हजार वर्षसम्मको राजनीति,
अर्थतन्त्र, संस्कृति, इतिहास
आदि बारे उल्लेख गरिएको थियो।
यो किताब चीनमा मानिसका बारेमा
बयान गर्ने कुरामा केन्द्रित
गरिएको एक ऐतिहासिक ग्रन्थ हो।
यसबाट चीनको जीवन-वृत्तान्त
सम्बन्धी साहित्यको शुरवात
गरिएको थियो।
अव हामी यस किताबका लेखक स मा छिआन् बारे अवगत
गराउन चाहन्छौं । इतिहासविद्को
परिवारमा जन्मेका स मा छिआन्का
पिता त्यस बेलाका एकजना
इतिहासविद थिए। सानैदेखि स मा
छिआन्ले निकै बुद्धि देखाएर
ऐतिहासिक किताबभित्रका मानिस र
घटनाबारे निकै सोच गरेर आफ्नो
विशिष्ट विचारधारा व्यक्त
गर्नेगरेका थिए। यौवनकालमा स मा
छिआन्ले ठाउँ-ठाउँमा घुमफिर
गरेर सामाजिक रीतिस्थिति,
आर्थिक तथा भौतिक अवस्था बारे
पर्यवेक्षण गर्नुका साथै
विभिन्न क्षेत्रका प्रसिद्ध
प्राचीन
थलोको निरिक्षण गर्दै ती ठाउँहरुको इतिहासमा
प्रसिद्ध व्यक्तिको जीवन अवस्था
तथा सम्बन्धित घटनाहरु संकलन
गर्नेगरेका थिए। पछि गएर स मा
छिआन्ले आफ्ना पिताको कामको
बिंडो थामेर इतिहास सम्बन्धी
एकजना अधिकारी बनेका थिए।
पश्चिमी हान् राज्यकालमा बिगत
राज्यका घटना सम्बन्धी विवरण
विभिन्न रजौटाको नियन्त्रण
अवधिमा लेखिएका थिए। त्यस बेलाका
लेखकहरुको ऐतिहासिक धारणा फरक
भएको र उनीहरुको दृष्टिगोचर पनि
संकोच भएको देखिएको छ। स मा
छिआन्ले पहिलेका ती ऐतिहासिक
विवरणको संपादन गर्दा आफैले
इतिहास सम्बन्धी एक बृहत्
ग्रन्थ लेख्ने विचार गरेका थिए।
यसै बेला राजनीतिक कारणले गर्दा
राजवंशले स मा छिआन्लाई दरवारको
नियम अनुसार सजाय दिइयो। यसबाट
शारीरिक र मानसिक रुपमा स मा
छिआन्लाई निकै चोट पुर्याइएको
थियो। पछि गएर पश्चिमी हान्
राजवंशले पुनः स मा छिआन्लाई
महत्वपूर्ण काम सुम्पियो। तापनि
उन्को मनस्थिति फरक भयो र
(ऐतिहासिक विवरण)भन्ने एक बृहत्
ग्रन्थ लेख्ने उन्को
मरुन्जेलसम्मको एक लक्ष्य थियो।
तेह्र वर्षसम्म भगिरथ प्रयास
गरेर स मा छिआन्ले 103 काण्ड, 5
लाख अक्षर भएको एक बृहत्
ऐतिहासिक ग्रन्थ लेखिसक्नुभयो।
यस ग्रन्थले चीनको इतिहास र
साहित्यका लागि निकै महत्वपूर्ण
योगदान गरेको छ।
[ऐतिहासिक विवरण] भन्ने त्यो बृहत् ऐतिहासिक
ग्रन्थलाई प्रमुख काण्ड , विषय
सूची, विशेष विषयक इतिहास, ठालु
र कुलिन परिवारका कुरा तथा
प्रसिद्ध व्यक्तिहरु आदि पाँच
भागमा विभाजित गरिएको छ।
इतिहासमा विभिन्न राजवंशको
उत्थान र पतन सम्बन्धी
महत्वपूर्ण ऐतिहासिक काण्डहरु
त्यसको पहिलो भाग अर्थात “
प्रमुख काण्ड “मा उल्लेख गरिएको
थियो। “विषय सूची” भन्ने दोस्रो
भागमा विभिन्न ऐतिहासिक अवधिमा
देखापरेका काण्डहरुको संक्षेपमा
बयान गरिएको थियो। तेस्रो भागमा
अन्तरिक्ष विज्ञान, पाञ्चाङ वा
तिथि-मिति, जल संभार,
अर्थतन्त्र र संस्कृति आदि
क्षेत्रका विशेष विषयक विवरणहरु
लेखिएका थिए। त्यसको चौथो भागमा
विभिन्न राज्यकालताका ठालु र
खानदानी परिवारहरु सम्बन्धी
कुराहरु संकलन गरिएका थिए।
त्यसको अन्तिम भाग अर्थात पाँचौ
भागमा विभिन्न राज्यकालताका
प्रसिद्ध र प्रभावकारी
व्यक्तिहरुको जीवनी बारे बयान
गरिएको थियो। त्यसमा अल्पसंख्यक
जातिहरुको इतिकास बारे पनि केही
लेखिएको थियो। ती पाँच भाग मध्ये
प्रमुख काण्ड, ठालु र कुलीन
परिवार, प्रसिद्ध व्यक्तिहरुको
जीवनी आदि तीन भागले पूरा
ग्रन्थको धेरैजसो स्थान लिएका
थिए। ती तीन भागमा मानिस
सम्बन्धी कुराहरु बारे बयान
गर्दै इतिहासलाई प्रतिबिम्बित
गरिएको थियो। यसले गर्दा स मा
छिआन्ले [जीवन वृत्तान्त ] भन्ने
लेखाइमा एक किसिमको नयाँ शैलीको
सिर्जना गर्नुभयो।
[ऐतिहासिक विवरण] भन्ने किताबलाई एक वास्तविक
विवरण ठानिएको छ। पहिलेका
राजवंशका अधिकारीहरुले राजा र
भारादारहरुको श्रेयदानको बयान र
गुणगान गर्ने उद्देश्य राखी
इतिहासका कुराहरु बयान गरेका
थिए। तर स मा छिआन्ले राजनीतिक
कुरामा मात्र दृष्टि नपुर्याई
राजनीतिक, सैनिक, साँस्कृतिक,
अन्तरिक्ष, भौगोलिक आदि विषय तथा
रीतिस्थितिलाई घनिष्टताकासात
एकीकृत पारेर एक विचित्र
ऐतिहासिक जगतको सिर्जना गर्नुभयो
र त्यसको वर्णन गर्नुभयो। स मा
छिआन्को भाग्य नराम्रो भएकोले
उनले आफ्नो जीवन शक्तिको विकास
र व्यक्तिगत मूल्यलाई व्यवहारमा
उतार्नेतर्फ विशेष ख्याल दृष्टि
राखेका थिए। पहिलेका सामन्तवादी
राजवंशको प्रमुख इतिहासभन्दा स
मा छिआन्को किताबमा माया र
घृणालाई स्पष्टताकासाथ देखाइएको
थियो। त्यस किताबमा सामन्तवादी
शासक वर्ग, अझ विशेष गरी हान्
राज्यकालको सर्वोच्च शासन
समूहलाई उदांगो पार्ने र
ब्यंग्य गरिएको थियो भने व्यापक
जनताले सामन्तवादी निरंकुश
शासनको प्रतिकार गरेको तथ्यलाई
प्रतिबिम्बित गर्नुका साथै
साधारण जनता तथा केहि देशभक्त र
वीरहरुको गुनगान पनि गरिएको थियो।
केही कुराहरु ऐतिहासिक धारणा
अनुसार अलि बेठिक छन् भने तर स
मा छिआन्का आँखामा ती कुराहरु
पनि उल्लेख्य छन्।
साहित्यिक दृष्टिबाट हेर्दा [ऐतिहासिक विवरण]
भन्ने किताब निकै मूल्यवान् छ
भने त्यस किताबमा कलात्मक
शैलीद्बारा वास्तविक ऐतिहासिक
सामग्रीको प्रयोग गरी विभिन्न
स्वभाव र चरित्रका धेरै
मानिसहरुका रुप-आकृतिको बयान
गर्नेतर्फ निकै सफल भएको वताइएको
छ। उदाहरण होः त्यस किताबमा
शासकको शोषणलाई झेल्न नसकी
विद्रोह गरेका साधारण मानिस,
महात्वाकांक्षा लिएर ठूलो कार्य
गरेका वीर, अधिकार र शक्तिको
वास्ता नगरी आँटिलो भएर
दुर्बलहरुलाई सहायता गर्ने
साहसी व्यक्तिहरु, सधैं नै विजय
पाउने निकै पराक्रमपूर्ण जनरल र
मार्शल, ज्यानमारा,
बुद्धिमत्तापूर्ण व्यक्ति,
पैसावाला, शत्रु पक्षका विधवा
तथा पोइल गएका महिलाहरुलाई
सहानुभूति देखाउने गरी विभिन्न
तह र दर्जाका मानिसहरु बारे
बयान गरिएको थियो। ती असाधारण
मानिसहरुको बयानले नै त्यस
किताबको विचित्रता र महत्व
देखाइएको थियो।
सरल र जीउँदो-जाग्दो शैलीमा लेखिएको त्यस
किताबले नाटकको दृश्य बयान गरे
जस्तै पाठकहरुलाई निकै आकर्षित
गरेको थियो । त्यस किताबलाई
पहिलेदेखि नै चीनको [प्राचीन
भाषा]मा उल्लेखनीय सफलताका रुपमा
ठानिआएको छ।
|