चीनको पैचिङ्ग शहरको युङ्ग ल
मन्दिरमा युङ्ग ल नामको एउटा
महाघण्टी छ। यसको तौल 46.5 टन छ
र यसको उच्चाइ 6.75 मिटर छ। यस
घण्टीको व्यास 3.3 मिटर छ। पाँच
सय वर्षभन्दा अघि यस घण्टी
बनाइएको थियो। यस घण्टीको
निर्माण माटोमुनि नमूना खनेर
पग्लिएको तामाको घोल त्यसमा
खन्याएर गरिएको हो। अथवा यस
घण्टी ढलोटबाट बनाइएको हो। यस
घण्टीको निर्माण प्रविधि निकै
उच्च स्तरिय थियो।
यस युङ्ग ल महाघण्टीलाई पटक-पटक अरु मन्दिरमा
सारिएको थियो। छिन् वंशका छिएन
लुन सम्राटको शासनकालमा योङ्ग ल
घण्टी च्यो शन् मन्दिरमा सारिएको
थियो। यसैले च्यु शन् मन्दिको
नाम दा चुङ्गमा परिवर्तित गरिएको
थियो। सन्1751मा सो घण्टी त्यहाँ
राखिएदेखि यता हालसम्म सारिएकै
छैन।
युङ्ग
ल घण्टीको आवाज ज्यादै मीठो छ।
विशेषज्ञको सर्वेक्षण अनुसार,
यस घण्टीको आवाज र संगीतको
फैलावटको स्तर एकैखालको छ। यस
घण्टीलाई सानो बलले बजाउँदा
निकै राम्रो आवाज आउँछ। यस
घण्टीलाई ठूलो बलले बजाउँदा
आवाज छाल जस्तै माथि तल भएर
फैलिन्छ। यसको आवाज 45 किलोमिटर
टाढासम्म सुन्न सकिन्छ। यस
घण्टीलाई बजाएको दुइ मिनेटसम्म
आवाज आइरहन्छ। यो एउटा अचम्मको
कुरा हो।
चीनमा नयाँ वर्षका अवसरमा योङ्ग ल घण्टी बजाइन्छ।
यस घण्टीलाई बजाएको अवधि पाँच
वर्षभन्दा बढी पुगिसकेको छ। तर
अहिलेसम्म पनि यो विग्रेको छैन।
चिनियाँ प्राविधिज्ञहरुले यस
घण्टीको धातुको तत्व बारे
सर्भेक्षण गरेका छन्। थाहा भए
अनुसार, यसमा तामा, टीन,
लीड,फलाम र म्याग्नेसियम बाहेक
18.6 केजी सुन र 38 केजी चाँदी
मिलाइएको छ। विशेषज्ञको भनाइ
अनुसार, सुन मिसाएपछि तामाबाट
बनाइएको साधनमा खिया लाग्दैन।
अनि चाँदीको घोलले धातुको
झोललाई सजिलोसँग बग्न सघाउँछ।
युङ्ग ल घण्टीलाई पाँच वर्षसम्म
राम्रोसँग सुरक्षा गर्न सकिनु र
यसको आवाज पनि राम्रो रहनुको
खास कारण यहीं हो।
एकजना विदेशी विशेषज्ञले
भन्नुभयो: युङ्ग ल महाघण्टी
विश्वमै ढलोट प्रविधिको
क्षेत्रमा एक चमत्कार हो। यो
घण्टी बनाउनु आजको उन्नत
प्रविधिका लागि पनि एउटा गाह्रो
काम हो।
|