|
|
|
|
|
चीनको पहिलो कविता संग्रह “स
चिंग” |
|
CRI
इशा पूर्व सातौं शताव्दीमा
चीनको पहिलो कविता संग्रह “स चिंग”
;सार्वजनिक भएको थियो। तीमध्ये
प्रेम सम्बन्धी कविता, युद्ध
सम्बन्धी कविता, कसैको सराहना
गरिएका कविता, मौसम सम्बन्धी कविता
र श्रमिकहरुको जीवन सम्बन्धी कविता
आदि विभिन्न विषयका कविताहरु छन।
त्यो कविता संग्रह एकैजना कविको
सिर्जना होइन, तर प्राचीन ग्रीसको
प्रसिद्ध महाकाव्य “ह मा महाकाव्य”
भन्दा केही सय वर्ष पहिले “स चिंग”
सार्वजनिक भएको थियो।
“स चिंग” चीनको साहित्त्यिक
इतिहासको पहिलो कविता संग्रह हो।
यसमा सि चौ वंशको प्रारम्भ (इशा
पूर्व एघारौं शताव्दी) देखि छुन
छ्यौ ताकाको मध्यकाल (इशा पूर्व
सातौं शताव्दी) सम्मको लगभग पाँच
सय वर्षभन्दा बढी अवधि भित्र रचना
गरिएका तीन सय पाँचवटा कविताहरु
समावेश गरिएका छन। “स चिंग” मा “फंग”,
“या” र “सुंग” तीनवटा भाग छन।
“फंग” मा त्यस बेलाका पन्ध्रवटा
राज्यहरुका एक सय साठीवटा लोक
गीतहरु छन भने “या” मा चौ वंशको
राजधानी वरपरका क्षेत्रमा प्रचलित
एक सय पाँचवटा गीतहरु छन। र
“सुंग” मा सम्राटले पूजा-आजा गर्दा
आफ्ना पूर्खाहरुको श्रेयदान र
देव-देवीको महान शक्तिको सराहना
गर्ने चालिसवटाभन्दा बढी गीतहरु
छन।
“स चिंग” मा संग्रह गरिएका
कविताहरुमा मुख्यतः चारवटा
अक्षरबाट एउटा वाक्य बनाइन्छ। यसमा
दुइवटा, तीनवटा, पाँचवटा, छवटा,
सातवटा र आठवटा अक्षरबाट एउटा
वाक्य बनाइएका कविताहरु पनि छन।
“स चिंग” का कविताहरु विविध छन। र
यसमा “फंग” को सबैभन्दा
महत्वपूर्ण स्थान छ। “फंग”मा
संग्रह गरिएका लोक कविताहरुबाट
चीनको चौ वंशको लोक कविताको
विशेषता देखिन्छ। ती कविताहरुमा
सामान्य श्रमिकहरुको वास्तविक
जीवन प्रतिबिम्बित भएको छ।
उदाहरणका लागि, यसमा युवा-युवतीहरु
बीचको मीठो प्रेम बारे व्याख्या
गरिएको कविता “क्वान यु” र
“पूर्वी ढोकाबाट बाहिर किस्कने”
छन् भने दास-दासीहरुले आफ्ना
क्रुर मालिकको आलोचना गरेका कविता
“फा थान” र “ठूलो मूसो” पनि छन।
यसका अतिरिक्त, सोही भागमा “यान
नदी” र “युद्धका बहादुर” आदि
युद्धका बारेमा उल्लेख गरिएका
कविताहरु पनि छन।
“स चिंग” का लेखकहरुमा श्रमिक र
सैनिक तथा केही उच्च तहका
व्यक्तिहरु पनि थिए। यसमा निश्चित
हुन नसक्ने थुप्रै लेखकहरु पनि
थिए।
सबवैभन्दा पहिले विभिन्न समारोहमा
“स चिंग” का कविताहरुलाई गाइन्छ
भने यसमा सामाजिक तथा राजनैतिक
विषयबारे लेखकहरुको विचार पनि
व्यक्त गरिएका हुन्छ। समय
बित्दैजाँदा चीनको उच्च शिक्षामा
“स चिंग” लाई व्यापक रुपमा
पाठ्य-पुस्तकका रुपमा प्रयोग
गरिएको छ। उच्च तहका मान्छेहरुले
त्यस पुस्तकलाई चीनका केही
सबैभन्दा महत्वपूर्ण कितावहरुको
सूचीमा राखिदिएका थिए। तिनीहरु
कुटनैतिक क्षेत्रमा आफ्नो विचार
व्यक्त गर्दा सधैं नै “स चिंग” का
कविताहरुलाई उद्धृत गर्नेगर्थे।
कफ्युसियसले “लुन यु” मा “स चिंग”
को अध्ययन नगरेको खण्डमा कुरा
राम्रोसँग भन्न सकिदैन भनेर “स
चिंग” लाई निकै उच्च स्थान
दिनुभएको थियो।
समग्रमा भन्ने हो भने “स चिंग” नै
चीनको समृद्ध प्राचीन साहित्यको
द्यौतक हो। यसमा प्राचीनकालमा
श्रम र प्रेम, दवाउ र सामना,
रिती-रिवाज र विवाह, पूजा-आजा र
भोज, भू-गोल, जन्तु र फूल आदि
चीनको सामाजिक जीवनका विभिन्न
क्षेत्रहरुबारे उल्लेख गरिएको छ।
“स चिंग” को भाषा इशा पूर्व एघारौं
शताव्दीदेखि इशा पूर्व छैठौं
शताव्दीसम्म चीनको हान जातिको
भाषाबारे अध्ययन गर्ने सबैभन्दा
महत्वपूर्ण सामग्री हो
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|
|