CRI
च्यू राज्यका एकजना कुलीन
व्यक्तले एउटा धार्मिक कार्य
सम्पन्न भएपछि आफ्ना सेवकहरुलाई
एक भाँडो रक्सी दिए ।
लामो समयको छलफलपछि ती सेवकहरुले त्यो
एक भाँडो रक्सी सबैका लागि
पर्याप्त नभएका कारण के घोषणा
गरे त भन्दा 'यो एक भाँडो रक्सी
हामी सबैका लागि अपर्याप्त छ तर
हामीमध्ये कुनै एकजनाका लागि भने
प्रशस्त छ । त्यसैले हामीमध्ये
हरेकले भुइँमा एक(एकओटा सर्पको
रेखाचित्र बनाऔं, र यो रक्सीको
भाँडो त्यसैलाई दिइनेछ जसले
सबैभन्दा छिटो रेखाचित्र बनाएर
सिध्याउँछ ।' त्यति भनेपछि सबैले
चित्र बनाउन शुरु गरे ।
सबैभन्दा पहिले चित्र बनाएर सिध्याउने
चाहिंले त्यो रक्सीको भाँडो
हातमा लियो पिउनै के आँटेको थियो,
अरु सबैले अझै चित्र बनाइरहेको
देख्यो । त्यसैले उसले त्यो
रक्सीको भाँडो देब्रे हातमा लियो
र गर्वसाथ 'म त मेरो सर्पका
खुट्टा पनि बनाउन भ्याउँछु !'
भन्दै दाहिने हातले सर्पका
खुट्टा बनायो ।
उसले सर्पका खुट्टा बनाइरहेका बेला
आफ्नो चित्र सिध्याएको एकजना
अर्को दासले तत्कालै पहिलो दासको
देब्रे हातबाट रक्सीको भाँडो
खोस्दै भन्यो: सर्पको कहिल्यै
पनि खुट्टा हुँदैन । यो सबैलाई
थाहा भएकै कुरा हो । यो
सर्वव्यापी तथ्य हो । तिमीलाई
सर्पको चित्रमा खुट्टा थप्ने
अधिकार कसले दियो ? यति भनेर
उसले भाँडामा भएको सबै रक्सी
मज्जासँग घुट्क्यायो ।
सर्पका खुट्टा बनाउने दासले अन्त्यमा आफ्नो
हात लागिसकेको पुरस्कार गुमायो
।
|