CRI
एउटा बाघले भीर-पखेरा,
समथर-मैदान जताततै धाएर आफूभन्दा
कमजोर जनावरहरुको शिकार गरेर
जीवन धान्दैआएको थियो । एक दिन
त्यसले आफ्नो शिकारका रुपमा एउटा
फ्याउरालाई समात्यो । त्यतिबेला
फ्याउराले भन्यो: तिमी मलाई खाने
साहस गर्नसक्दैनौ । किनकि म
ईश्वव्दारा नियुक्त यस जंगलका
सबै जनावरहरुको राजा हुँ। तिमीले
मलाई खाएको खण्डमा तिमीले
ईश्वरको आज्ञा विपरित गएको
मानिने छ । मेरो कुरामा तिमीलाई
विश्वास लाग्दैन भने, कृपा गरेर
मेरा पछि-पछि आउ, जंगलतिर घुम्न
जाउँ । तिमीले देख्ने मौका
पाउनेछौ, कुनै पनि जनावर मलाई
देखेपछि नभागिरहन सक्ने छैन ।बाघले
फ्याउराको प्रस्ताव स्वीकार
गर्यो र त्यसका पछि-पछि लाग्यो
। गजबको कुरा, जहाँ-जहाँ तिनीहरु
गए, अरु सबै जनावरहरु आफ्नो
प्राण जोगाउँदै भागेको देख्यो
बाघले । यो दृश्य देखेको बाघले
आफूले ती जनावरहरुको मनमा भय
सिर्जना गरिदिएको वास्तविकतालाई
बिर्सेर ती जनावरहरु त्यस
फ्याउरादेखि नै डराएको कुरामा
विश्वास गरिबस्यो ।
|