CRI
“ऐना” भनेको चीनको परम्मरागत
साहित्यमा बारम्बार प्रयोग
गरिन्दै आएको एक उपमित शब्द हो।
जस्तै साहित्यकारहरुले पूर्णिमा
चन्द्रलाई गोलाकार ऐना भन्दछन्
भने कोहीले ऐनाको उज्ज्यालोपनाको
प्रयोग गरी एक जना मानिसको
मिजास कुनै दाग नभएको उपमा
गर्दछन्। कहिलेकाँही ऐनाको
प्रयोग गर्दै एक जना मानिसको
मनमा ऐना जस्तै प्रकाश भई उनले
कुनै कामकुराहरुप्रति स्पष्ट
रुपमा बुझ्दै आएको उपमन गरिएको
देखिन्छ। त्यसै गरी “फुटिसकेको
ऐना फेरि जोडिसकिएको छ भन्ने
कथा”ले सम्बन्ध विच्छेद गरिसकेका
दम्पतीबाट पतिपत्नीको सम्बन्धको
पुनर्स्थापना गरिएको उपमा
गरिन्छ।
कथा यस्तै थियो रेः ख्राष्टाव्दी
नवौं शताव्दीमा त्यसबेला उत्तर
चीनमा व्वी नामक राज्य वंशको
शक्ति बलियो थियो भने दक्षिण
चीनमा चार पाँच वटा ससाना
राज्यहरु थिए। च्यान खाङ्ग
(अहिलेको नान चिङ्ग शहर)लाई
सदरमुकामका रुपमा बनाइएको “छन”
नामक राज्य तिनहरुमध्येको एक
थियो। चीनको एकीकरण गर्ने
उद्देष्यले स्वी राज्य वंशले
दक्षिणतिरका ससाना राज्यहरुमाथि
हरबखत आक्रमण गर्न खोज्थ्यो।
स्यू द यान नामक मान्छे छन राज्यका रजौटा छन
सु पोका एक जना उच्च कर्मचारी
थिए। उनले रजौटाकी बहिनी “ल
छाङ्ग”नामक राजकुमारीलाई आफ्नी
पत्नीका रुपमा बनाएका थिए र यी
दम्पती आपस्तमा एकदमै माया
प्रेम गर्दै आउँथे। तर त्यस
बेलाको छन राज्य निकै
भ्रष्टाचार थियो। कुनै एक दिनमा
छन राज्य खत्तम हुन जान्छ भनेर
स्यू द यान अनुमान गर्थे। त्यसै
कारणले उन एकदमै चिन्ता गर्थे।
एक दिनमा उनले चिन्तित भएर आफ्नी पत्नीलाई
बताएः “ए,मैयाँ कुनै एक दिनमा
सम्पूर्ण देशभरि उपद्रव सम्भवतः
उत्पन्न हुने छ । यसो हो भने
त्यसबेला म राजाका संरक्षण
गर्नेछु र बाध्य भएर हामी
दम्पतिले अलगिएर बेग्लाबेग्लै
ठाउँ जानु पर्छ। यदी हामी अझ पनि
बाँचिरहन्छौं भने”फेरि भेला हुन
सक्ने मौका पाउँछौं। त्यस दिनका
लागि हामीले पूर्व निर्धारित
एउटा चीज एक अर्काकहाँ सुरक्षित
राखिराख्ने छौं। जससबाट भविष्यमै
भेला गर्नका लागि प्रमाणित हुन
सकोस्।”
राजकुमारी ल छाङ्गले आफ्ना श्रीमानका
विचार र सुझाव मानेकी थिइन्।
यसैबेला स्यू द यानले एउटा
गोलाकार काँस्य ऐना लिई त्यसलाई
दुई टुक्रा फुटाएका थिए र
आधालाई आफुकहाँ एवम् अर्को
आधालाई पत्नीकहाँ राखेका थिए।
उनले बोल्दै राम्रोसित सुरक्षित
राख भन्नुका साथै “ साँच्चिनै
हामी बाध्य भई अलगिएर बेग्ला
बेग्लै ठाउँ बस्ने हो भने चिनियाँ
पात्रो अनुसार हरेक वर्षको
जनवरीको पन्ध्र तारिखका दिनमा
बजारमा गई त्यस आधा ऐनालाई ठूलो
स्वरमा कराएर बेच्न आफ्ना
समर्थक साथीलाई पठाउ”भनेर आफ्नी
पत्नीलाई सम्झाउने गरे। उनले अझ
बताएः “यदि म बाँचिरहेको छु भने
सुसमाचार सुन्न पाउनका लागि म
अवश्य नै त्यहाँ जाने छु र आधा
आधा ऐनाको प्रमारणको आधारमा
तिमीलाई भेला हुन जानेछु।”
धेरै समय नबिती उत्तर चीनको एकीकरण
गरिरहेका स्वी राज्य वंशका राजा
याङ्ग च्यानले सैनिकहरुलाई
पठाएर छन राज्यलाई प्रहार गरे।
अन्तमा ससाना छन राज्य खत्तम भयो
र राजालाई मारिए। उता उक्त उच्च
कर्मचारी अधिकार स्यू यान द
बाध्य भएर अरु ठाउँ भागेर गए।
यता यसै लडाइंमा उत्पन्न भएका
बहादुरीहरुलाई प्रशंसा गरे र
पुरस्कार दिए। पक्राउ गरिएकी ल
छाङ्ग राजकुमारीलाई याङ्ग सु
नामक एक जना मन्त्रीको पत्नी
बनाइयो।
यता उता भौंतारिएका स्यू द यानले आफ्नी पत्नी
स्वी राज्य वंशको राजधानी ता
सिङ्ग नगर(अहिले चीनको वल्लो
शान सि प्रान्तको सदरमुकाम शहर
सि आन)पनि गइसकेको कुरा थाहा
पाएपछि उन बैदलबाट लामो लामो
बाटोमा लागी बल्ल बल्ल भई त्यहाँ
गए। यता निकै आधा रातमा उनले
चोरेर उक्त आधा ऐनालाई बाहिर
निकालेर आफ्नी पत्नीसंगका
आनन्दीय र राम्रा राम्रा कुराहरु
सम्झन्थे। उता उनकी पत्नी ल
छाङ्ग राजकुमारीले याङ्ग सुको
घरमा एकदमै भोग विलासको जीवन
बिताएपनि आफ्नो मनमा चिताउँदै
आएका मान्छे सधैं नै आफ्नो
पहिलेको पति हुन्थे। अब के गर्ने
त ? केही उपाय नलागी सधैं नै
चोरेर उक्त आधा ऐनालाई छुएर
गइसकेका राम्रा राम्रा कुराहरुको
सम्झना गर्थिन्।
पूर्व निर्धारित दिन अर्थात्
चिनियाँ पात्रो अनुसार जनवरीको
पन्ध्र तारिखको दिन आयो। स्यू द
यान स्वयं आफै रमाइलो बजार पुगे।
यसैबेला एक जना बूढाले बढी
मुल्यमा आधा ऐना बेच्न ठूलो
स्वरमा कराएको देखे। यति बढी
मुल्यमा आधा ऐना मात्र बेच्ने
अवस्था थाहा पाएर को कसले किनेर
लिने? स्यू द यानले बुझेर अघि
सरी उक्त बूढासंग आधा ऐना लिन
छलफल गर्न थाले। ओहो, आफ्नी
पत्नीकहाँको आधा ऐना पो
रहेछ!उक्त बूढा चाहिं मन्त्री
याङ्ग सु घरका एक जना नोकर रहेछ।
उ राजकुमारी ल याङ्गको
आदेशानुसार उनको पहिलो पतिलाई
खोज्न आएछ। यसैबेला स्यू द यानले
पहिले तयार गरिएको कविता
बूढालाई दिए र राजकुमारीलाई देओ
भनेर अनुरोध गरे। उक्त कविताको
बोलको अर्थ यस प्रकार छः पहिले
आधा ऐना र मानिस सबै नै गए।
अहिले उक्त आधा ऐना फर्किसक्यो
तर मानिस आएन। चन्द्रमामा रहेकी
देवीको छायाँ नदेखी चन्द्रमाको
प्रकाश मात्र रहन्छ।
राजकुमारी ल छाङ्गले आफ्ना पतिबाट सुरक्षित
राखिएको अर्को आधा काँस्य ऐना र
कविता देखेर उनी दिन रातभरि
रोईन् र पानी समेत पनि खाने रुची
थिइन। वास्तविक तथ्य कुरा थाहा
भएपछि याङ्ग सु निकै प्रभावित
भए र स्यू द यानलाई बोलाएर
राजकुमारी ल छाङ्गलाई आफ्नो
जन्मथलोमा फर्काइदिन आदेश दिए।
त्यति मात्र नभई याङ्ग सुले स्यू
द यानलाई धेरै चीजबीज दिए र
अन्तमा ती दम्पति खुशीसाथ फेरि
भेला भए।
त्यसबेलादेखि पछिल्लो साहित्यमा “फुटिसकेको
ऐना फेरि जोडिएको छ ”भन्ने
कुराबाट अलगिएको दम्पति फेरी
भेला भइसकेको उपमा गरिन्छ भने
“फुटिसकेको ऐनालाई फेरि जोड्न
गाह्रो छ”भन्ने कुराबाट बस्तुगत
कारणले दम्पत्ति बाध्य भएर
अलगिएर बसिरहेको उपमा गरिन्छ।
|