CRI
चीनको इतिहासमा एउटा प्रसिद्ध
परीवार छ। पिता छाउ छाउ सैनिक र
कवि हुनुहुन्थ्यो। उहाँका दुइजना
छोरा छाउ फि र छाउ चले साहित्य
क्षेत्रमा ठूलो उपलव्धि हासिल
गर्नुभएको थियो। ती तीनजनालाई
“तीन छाउ” भनिन्थ्यो। तीमध्ये
साहित्यको क्षेत्रमा छाउ चले
हासिल गर्नुभएको उपलव्धि
उल्लेख्य थियो।
श्री
छाउ च छाउ छाउका कान्छा छोरा
हुनुहुन्थ्यो। उहाँ धेरै दक्ष
व्यक्ति हुनुहुन्थ्यो। विशेष गरी
साहित्यको क्षेत्रमा उहाँ त्यस
युगका सबैभन्दा वरिष्ठ
व्यक्तित्व हुनुहुन्थ्यो।
श्री छाउ फिले राजा बनेपछि
आफ्ना भाइ छाउ चको क्षमताका लागि
निकै डाढ गर्नथाल्नुभयो। एक पटक
एउटा सानो कुराका लागि छाउ फिले
छाउ चलाई सजाय दिने विचार
गर्नुभयो। छाउ फिले सात पाइला
हिंडिसक्दा एउटा पूर्ण कवि
लेख्ने आदेश छाउ चलाई दिनुभयो।
त्यसो भएपछि छाउ च धेरै रिसाउनु
भयो। तापनि आफ्ना दाजु राजा
भएकाले आफूले उहाँको आदेशको
पालना गर्नुपर्थ्यो। अनि उहाँले
एउटा राम्रो कविता लेख्नुभयो।
यसो भएपछि छाउ फिले छाउ चलाई
सजाय दिन पाउनुभएन।
छाउ चको सबैभन्दा ठूलो
उपलव्धि कविता क्षेत्रमा थियो।
"तीन मुलुक" अवधिमा जहिले पनि
युद्ध भैरहन्थ्यो। यस्तो
अवस्थामा उहाँले आफ्ना
कवितामार्फत सर्वसाधारणहरुप्रति
सहानुभूति व्यक्त गर्नुभएको थियो।
साहित्य क्षेत्रमा ठूलो
उपलव्धि हासिल गरे तापनि छाउ चको
विचार राजनीतिमा भाग लिने थियो।
त्यसैकारण राजाले उहाँलाई मन
पराउनुभएको थिएन। उहाँले आफ्ना
कविताहरुमा धेरैजसो सुन्दरीहरुको
वर्णन गर्नेगर्नुभएको थियो।
कवितामा ती महिलाहरुलाई सुन्दरी
मात्र नभई दक्ष पनी देखाइएको
थियो। छाउ चले त्यसमार्फत आफ्नो
भावना व्यक्त गर्नुभयो। तीमध्ये
सबैभन्दा प्रसिद्ध कविता “लो शन
फु”लाई मानिएको थियो। छाउ चले
लो शनको सुन्दरता र विवेकशीलताको
उच्च प्रशंसा गर्नुभएको छ। यस
कविताले बितेका हजारौं वर्षमा
पाठकहरुको प्रशंसा पाइरहेको छ।
कवि छाउ चको एकचालीस वर्षको
उमेरमै देहान्त भयो। तापनि
साहित्य क्षेत्रमा उहाँको ठूलो
प्रभाव छ। अहिले “सात पाइलामा
कविता लेख्नु” एउटा उखानै बनेको
छ। त्यसले एकजना मानिसको
साहित्त्यिक क्षमता धेरै उच्च
भएको भन्ने कुरा जनाउँछ।
|