CRI
ईसा पूर्व चौथो शताब्दीमा चीनको
युद्ध राज्यकालताका छिन राज्यले
कानूनी सुधार गरेका कारण यो
राज्य दिनप्रति दिन शक्तिशाली
हुंदैआएको देखिन्छ । छिन चाओ
वाङ नामका राजाको शासन-अवधिमा
छिन राज्य सातवटा शक्तिशाली
राज्यहरुमध्येको एक बनिसकेको
थियो । छाङ फिङ भन्ने ठाउँमा
भएको लडाइँ छिन राज्यले अन्त्यमा
गएरु चीनको एकीकरण गर्नुअघि भएको
सबैभन्दा ठूलो लडाइँ थियो ।
हान, वै, यान् चाउ राज्यहरु छिन राज्यका छिमेकी
राज्य थिए । छिन राज्यद्बारा
चलाइएको विस्तारको नीतिलाई
नियन्त्रण गर्नका लागि ती चारवटा
राज्यले खुकुलो गठबन्धन स्थापना
गरेका थिए । ती चारवटा मुलुकहरु
मध्ये चाउ राज्य सबैभन्दा
शक्तिशाली थियो भने वै राज्य
सबैभन्दा दुर्बल थियो ।
ईसापूर्व 268देखि छिन राज्यले
पहिले नै सेना पठाएर वै
राज्यमाथि हमला गरेको थियो र वै
राज्यलाई आफ्नो अधिनमा पर्न
बाध्य तुल्याएको थियो त्यसको
लगत्तै छिन राज्यले हान
राज्यमाथि हमला गर्यो । हान
राज्यका राजाले निकै डराएर छिन
राज्यसित शान्ति गर्न भनी ताङ
च्युन अर्थात अहिलेको चीनको
वल्लो शान्सी प्रान्तको छाङ ट
छिन राज्यलाई अर्पण गर्ने इच्छा
व्यक्त गर्दै एकजना दूत पनि छिन
राज्यका राजाकहाँ पठाएका थिए ।
तर हान राज्यको शाङ ताङका
प्रमुख प्रशासक फङ थिङ त्यस
निर्णयका विरोधी थिए । हान र
चाउ राज्यको एकताको प्रबर्द्धनका
लागि फङ थिङले खुशी साथ शाङ ताङ
चाउ राज्यलाई दिएका थिए ।
चाउ राज्यका राजाले भविश्यका बारेमा नसोचिकनै शाङ
ताङलाई आफ्नो भू-भागमा गाभेका
थिए। फलस्वरुप छिन राज्य
क्रोधित भयो । ईसा पूर्व 261मा
छिन राज्यका राजाले शाङ ताङमाथि
हमला गर्न भनी जनरल वाङ छेनलाई
आदेश दिए । शाङ ताङमा तैनाथ चाउ
राज्यका सेनाले छिन राज्यका
सेनासित लडाईमा हार खाएर छाङ
फिङ अर्थात अहिलेको शान्सी
प्रान्तको काउ फिङको
उत्तर-पूर्वी क्षेत्रमा भागेका
थिए । चाउ राज्यका राजाले छिन
राज्यका सेनाले हमला गरेको
सुनेर शाङ ताङलाई पुनः आफ्ना
हातमा पार्ने उद्देश्यसहित चाउ
राज्यको प्रमुख सेनाको नेतृत्व
गर्न छाङ फिङ पुग्न भनी लेन फो
नामका एकजना जनरललाई आदेश दिएका
थिए ।
लेन फोले चाउ राज्यका प्रमुख सेनाको नेतृत्व
गर्दै छाङ फिङ पुगेर छिन राज्यका
सेनामाथि हमला गर्नथालेका थिए ।
चाउ राज्यका सेनाले लडाइँमा
पटक-पटक हार खानुपरेको थियो र
सेनातर्फ पनि ठूलो क्षति
व्यहोर्नुपरेको थियो। जनरल लेन
फोले वास्तविक अवस्था अनुसार
समयमै रणनीतिक कार्यनीतिमा
परिवर्तन गरी हमला गर्नुको सट्टा
प्रतिरक्षाकक्ष रणनीति अँगाल्ने,
र अनुकुल भौगोलिक अवस्था अनुसार
मजबूत किल्ला बनाएर बस्ने
संकल्प लिएका थिए । लेन फोको यस
नीतिले छिन राज्यको सेनाको
हमलालाई रोकेको थियो । दुइ
राज्यका सेनाका बीच छाङ फिङमा
प्रत्येक्ष मुटभेड भएको थिएन ।
यो अन्योलको स्थितिलाई भंग गर्नका लागि छिन राज्यले कलहको
बीउ छर्ने दाउपेज खेल्यो
जसअनुसार त्यसले चाउ राज्यको
राजधानी हान तानमा मानिस पठाएर
चाउ राज्यका भाइ-भारदार र अरु
अधिकारीहरुलाई आफ्नो हातमा
पार्न धेरै पैसा खुवाउनुका साथै
चाउ राज्यका राजा तथा लेन फो
बीच बेमेलको स्थिति सिर्जना
गर्ने उद्देश्यले लेन फोले त्यसै
बसेर प्रतिरक्षा मात्र गरिरहेको
कुराबाट अब चाँडै नै शत्रु सेना
समक्ष आत्म-समर्पण गर्नसक्ने
संकेत देखिएको र छिन राज्यका
सेना जनरल चाओ खुआदेखि नै अति
डराएको जस्ता होहल्ला चारैतिर
फिंजाउने गरेको थियो। सैनिक
अवस्थाको जानकारी नलिएका चाउ
राज्यका राजाले लेन फोले लडाइँ
गर्न डराएको ठानेर त्यस्तो
होहल्ला सुनेपछि लेन फोको
स्थानमा चाउ खुओलाई कमाण्डर
बनाए।
चाउ खुओ लडाईको अनुभव कम भएको र युद्धको कुशलता
नभएको तथा लडाइँको बारेमा
जथाभावी कुरा गर्नसक्ने एकजना
व्यक्ति थिए । उनले छाङ आन
पुगेपछि लेन फोको रणनीतिक रुपमा
प्रतिरक्षात्मक लडाइँ गर्ने
शैलीमा परिवर्तन गरेर रणनीतिक
रुपमा हमला गर्ने र एकमुष्ठ
विजय हासिल गरेर शाङ ताङलाई पुनः
आफ्नो काबूमा ल्याउने उपाय
खोजेका थिए ।
छिन राज्यका राजाले कलहको बीउ छर्ने आफ्नो
कुचेष्टा सफल भएको देखेर
तुरुन्तै वाङ छेनको सट्टामा
युद्धको कुशलता भएको र धेरै
पराक्रमी जनरल पाई छिलाई छिन
राज्यको सेनाका कमाण्डर बनाए।
चाउ राज्यको सेनालाई सतर्क हुन
नदिनका लागि छिन राज्यका राजाले
सेनालाई यो कुरा गोप्य राख्न
आदेश दिएका थिए ।
लडाइँको अनुभव नभएको , अविवेकी र शत्रुलाई
हेला गर्ने चाउ खुओको त्रुटि
पत्ता लगाएर पाई छिले रणभूमिबाट
हटेर शत्रुलाई घेराबन्दी गर्दै
सखाप पार्ने कार्यनीति अपनाएर
सेनालाई सूक्ष्म रुपमा पुनः
मिलाएका थिए ।
ईसा पूर्व 260मा चाउ खुओले छिन राज्यका सेनाको
नेतृत्व गर्दै छिन राज्यका
सेनामाथि ठूलो पैमानामा आक्रमण
गर्नथालेका थिए । दुइ पक्षका
सेना बीच घमासान युद्ध भएपछि
शत्रुलाई भ्रम पार्ने छिन
राज्यको सेना तुरुन्तै हार खाएर
पछि हट्नथालेको थियो । चाउ खुओले
त्यसको वास्तविकता नबुझेर
तुरुन्तै लखेट्न थालेका थिए ।
चाउ राज्यको सेना छिन राज्यको
सेनाव्दारा पूर्व निर्धारित
युद्ध मोर्चामा पुगेपछि तत्कालै
छिन राज्यको सेनाको बज्र
प्रहारमा परेको थियो । चाउ खुओले
पछि हट्न खोजेको थियो तर ढिलो
भयो । पहिले नै त्यहाँ लुकीबसेको
छिन राज्यको सेनाका अरु दुईवटा
फौजले तुरुन्तै तिव्र गतिले
आइलागेर चाउ राज्यको सेना र
शिविर बीचको सम्पर्क रोकेर चाउ
राज्यको सेनालाई घेराबन्दी गरेका
थिए ।
विवशतामा परेका चाउ खुओले वरिष्ट सैनिकलाई नेतृत्व
गर्दै घेराबाट मुक्त हुन अन्तिम
कोशिश गरेका थिए । तर छिन
राज्यका सैनिकले उनलाई मारिदिए
। कमाण्डर गुमेपछि चाउ राज्यको
सेनाले लडाइँ गर्ने संकल्प पनि
नभएर पूराका पूरै आत्म समर्पण
गरेका थिए । छिन राज्यका सेनाले
यो छाङ फिङ युद्धमा पूर्ण विजय
हासिल गरेको थियो ।
चीनको इतिहासमा छाङ फिङ लडाइँ एक असाधारण लडाइँ थियो
। साथै चीनको इतिहासमा घेराबन्दी
गरेर गरिएको सबैभन्दा पहिलो र
सबैभन्दा ठूलो परिधिको लडाइँ पनि
थियो ।
|