चिया सम्बन्धी चीनको इतिहास
चार हजार वर्षभन्दा पनि पूरानो छ।
हरके दिन निरन्तर रुपमा चिया खानु
चिनियाँहरुका लागि नगरिनहुने कुरा
हो। यस सम्बन्धमा एक किसिमको भनाइ
छः सबै घर-परीवारमा दाउरा, चामल,
तेल, नून, भटमास, वेनेकर र चिया
यी सातवटा खाने कुरा तयार
हुनुपर्दछ। ती सातवटा खाने
कुराहरुमध्ये चिया नभइनहुने कुरा
हो। चिया बनाएर पाहुनाहरुलाई दिनु,
उनिहरुको सम्मान गर्नु
चिनियाँहरुको बानी हो। पाहुनाहरु
घरभित्र पस्नेबित्तिकै घरपट्टीले
तुरुन्तै मीठो र सुगन्धित चिया
टक्र्याउने गर्दछन। चिया खाँदै गफ
गर्नु कति रमाइलो र आनन्ददायी
वातावरण है।
चीनमा चिया सेवनको इतिहास धेरै लामो छ
भन्ने कुरा सर्वविदितै छ। प्राप्त
जानकारी अनुसार, इसा पूर्व दुइ सय
असीअघि चीनको दक्षिणी भेगमा वु
नामको एउटा राज्य थियो। सो राज्यका
रजौटाहरु मन्त्रीहरुलाई रक्सी
लाग्ने गरी भोज खुवाउन मनपराउँथे।
तर तिनमध्येका “वै चाउ”नामक
एकजनाले रक्सी थोरै मात्र खानसक्ने
भएकाले रजौटाहरुले उनलाई रक्सीको
सट्टामा चिया खुवाउँनेगर्दथे।
त्यसपछि बुद्धिजीवीहरुले
पाहुनाहरुलाई चियाले सत्कार
गर्नथाले। चीनको थाङ्ग
राज-वंशकालमा मानिसहरुमा चिया खाने
बानी बसिसकेको थियो। थाहा भए
अनुसार, उक्त बानी वौद्ध धर्मसँग
सम्बन्धित छ। मोटामोटी रुपमा इसा
पूर्व सात सय तेह्रदेखि सात सय
एकचालीससम्ममा लामा र तीनका
समर्थकहरु आसनमा बस्दा चिया
खानेगर्थे। किनकि लामो समयसम्म
बसेर निकै थकाइ र निद्रा पनि
लाग्नेभएकाले ती लामा र उनका
समर्थकहरुलाई फूर्तिला बनाउनका
लागि बूढा-पाका र अनुभवी लामाहरुले
उनीहरुलाई चिया खुवाउनेगर्थे।
त्यसपछि उक्त तरिका चीनका विभिन्न
क्षेत्रमा फैलिएको देखियो। त्यसका
साथसाथै थाङ्ग राज्य-वंशका
धनी-मनीहरु आ-आफ्नो घरमा चिया
पकाउने,खाने र पढ्ने कोठा तयार
गर्थे जसलाई चिया कोठा भनिन्थ्यो।
इसा पूर्व सात सय असीमा थाङ्ग राज-वंशका
लु यु नामका एकजना चिया सम्बन्धी
विद्बानले चियाको खेती गर्ने,चिया
बनाउने र चिया खाने जस्ता
अनुभवहरुको निचोड निकालेर“चियाका
बारेमा”नामक चीनको पहिलो किताब
लेख्नुभएको थियो। सुङ्ग राज-वंशका
सम्राट सु व्है चुङ्गले आफ्ना
मन्त्री र अरु अधिकारीहरुलाई चिया
खुवाउनका लागि स्वयम् आफै चिया
पकाउँनेगर्थे भने छिङ्ग राज-वंशको
दरबारमा भोजका अवसरमा विदेशी
दूतहरुको स्वागत चियाले
गर्नेगरिन्थ्यो। आजआएर हरेक नयाँ
वर्ष वा वसन्त चाडजस्ता
महत्वपूर्ण चाड-वाडहरुमा चीनका
केही निकाय वा संस्थाहरुले
चिया-पान समारोहहरुको आयोजना
गर्नथालेकाछन।
चीनमा चिया खानु आफ्नै विशेषतायुक्त एक
किसिमको सँस्कृति नै बनिसकेको छ।
मानिसहरुले चिया पकाउनु र चिया
चाख्नुलाई एक किसिमको कला
मान्दैआएका छन्। प्राचीनकालदेखि
अहिलेसम्म पनि चीनका विभिन्न
क्षेत्रहरुमा चिया सम्बन्धी विविध
शैलीका भवनहरु थिए र छन्। चीनको
राजधानी पैचिङ्गको “छिआन मन” सडकको
छेऊमा विशेष गरी चिया खाने ठूलो
भवन छ। मानिसहरु त्यहाँ गएर चिया
खाने,मिठाइ खाने, केक खाने र
साँस्कृतिक कार्यक्रम हेर्ने
गर्दछन्। त्यहाँ गएर मानिसहरु
आराम गर्न र रमिता हेर्न पाउँछन।
दक्षिणी चीनमा चिया भवन मात्र नभई
चिया-चमेना गृह पनि छन्। ती
चिया-चमेना गृहहरु धेरैजसो
पर्यटकीय रमणीय स्थानहरुमा
स्थापित गरिएको छ। त्यहाँ गएर
यात्रीहरु एकातिर चिया खान्छन् भने
अर्कातिर राम्रा-राम्रा दृष्यहरुको
अवलोकन गर्दछन्।
चीनमा चिया खाने बानी फरक-फरक छ। चियाको
पाललाई नमूना बनाएर भनौं- चीन निकै
ठूलो भएका कारण विभिन्न क्षेत्रका
बासिन्दाहरुले मन पराउँदैआएको
चियाको पात पनि फरक-फरक छन।
पैचिङ्गका बासिन्दाहरु चमेलीको
चिया मन पराउँछन भने शाङ्ग हाइका
बासिन्दाहरु हरियो चिया र
दक्षिण-पूर्वी चीनमा पर्ने फु
च्यान प्रान्तका बासिन्दाहरु कालो
चिया। त्यसको अतिरिक्त, केही
ठाउँमा चिया खाँदा त्यसभित्र केही
मसला राख्ने चलन छ। जस्तै दक्षिणी
चीनमा पर्ने हु नान प्रान्तका केही
ठाउँहरुमा पाहुनाहरुलाई सत्कार
गर्दा चियामा नून, अदुवाको टुक्रा,
तील र भुटेको मास पनि राखिएको
देखिन्छ। यो चीया खाँदाखेरी
हल्लाई हल्लाइकन खाइन्छ र अन्तमा
मास,तील, अदुवाका टुक्रासहित
चियालाई पनि मुखमा राखी
विस्तारै-विस्तारै खाइन्छ रे।
त्यसै भएको हुनाले केही ठाउँहरुमा
चिया पिउनुको सट्टा चिया खानु
भनिन्छ।
चिया पकाउने तरिका पनि फरक-फरक छ। चीनको
पूर्वी क्षेत्रमा ठूलो चियादानीको
प्रयोग गर्ने चलन छ। पाहुनाहरु
घरमा पस्नेबित्तिकै चियाका पातलाई
चियादानीमा राखी उमालेको पानी
हालिन्छ। अनि त्यसपछि ठीक तरिकाले
बनाइएको चिया पाहुनाका अगाडि
राखिएका कपमा हालिन्छ र खान
अनुरोध गरिन्छ। पूर्वी चीनमा पर्ने
फु च्यान प्रान्तको चाङ्ग चाउ
नामक क्षेत्रमा चिया खानका लागि
प्रयोग गरिने भाँडा-कुँडाहरुको आ-आफ्नै
विशेषता छ। त्यस बाहेक, चीया
बनाउने, पकाउने तरिका पनि फरक
भएकाले यहाँका चीया पकाउने कलाले
आफ्नै विशिष्ट शैली तयार पारिसकेको
छ।
चीनका विभिन्न क्षेत्रको चिया-शिष्टता
पनि फरक-फरक छ। पचिङ्गमा घरपट्टीले
पकाइसकिएको चिया ल्याएको
देख्नेबित्तिकै पाहुनाहरु अबिलम्ब
आ-आफ्ना ठाउँबाट उठेर दुबै हातले
त्यो चिया लिनुका साथसाथै धन्यवाद
दिनुपर्ने चलन छ। दक्षिणी चीनमा
पर्ने क्वाङ्ग तुङ्ग प्रान्त र
क्वाङ्ग सी जुआङ्ग जातीय स्वायत्त
प्रदेशका केही क्षेत्रहरुमा
घरपट्टीले चिया ल्याएको देखेपछि
पाहुनाहरु आफ्ना दाहिने हातका औंला
घुमाएर सुस्तरी टेबुलमाथि तीन पटक
ठोक्छन्। यसो गर्नुको उद्देश्य
धन्यवाद व्यक्त गर्नु हो। अरु
कुनै-कुनै ठाउँमा त पाहुनाहरुले
चिया खाँदैगर्दा पटक-पटक कपमा चिया
थप्नुपर्ने चलन छ। यस्तो अवस्था
देखेर घरपट्टीले पनि भाँडामा
चिया-पानी थप्ने गर्छन्। सबै चिया
पानी सिध्याइएको खण्डमा घरपट्टीले
पाहुनाहरुलाई अरु चिया चाहिंदैन
भन्ने ठानेर पानी थप्दैनन।