CRI
पैचिङ्ग ओपेरा प्रदर्शन गर्दा अभितेताको अनुहारमा
थरि-थरिका रंग लगाउनु पर्छ।
अनुहारमा लगाएका रंगबाट अभिनेताको
भावना, गुण-स्तर र भाग्य
दर्शकहरुसामु देखाइन्छ। साधारणतया
रातो अनुहार भएको पात्रले असल
व्यक्तिको अभभिनय गर्छ। यस्तो
पात्र इमान्दार र शूरवीर हुन्छ।
कालो अनुहार बनाइएको पात्रले चलाक
र निपुर्ण व्यक्तिको अभिनय गर्छ।
निलो र हरियो अनुहार बनाइएको
पात्रले जंगलमा लुकेर धनीहरुमाथि
आक्रमण गरी गरिबहरुलाई सहयोग गर्ने
बहादूरको अभिनय गर्छ। पहेंलो र
सेतो अनुहार बनाइएका पात्रको
गुणस्तर राम्रो छैन। यिनीहरु
नराम्रो मान्छेको अभिनय गर्छन।
यिनीहरु डरलाग्दा छन् र मानिसलाई
छल गर्न अभिनय गर्छन्। सुनौलो र
चाँदी रंगको अनुहार बनाइएका
पात्रहरुले धेरैजसो देवता र
राक्षको अभिनय गर्नेगर्छन्।
|