CRI
जोङ्ग शाङ्ग क्षेत्रका उच्च पदाधिकारी श्यु तुङ्गकी
श्रीमती लिआन ईले छोरी जन्माइन्।
तर उनलाई छोरो जन्माउने इच्छा
थियो। किनकी चीनमा छोरा जन्माउने
महिलाको मान गरिन्थ्यो। यसैले उनी
आफ्नी छोरी अरु मानिसलाई दिन र
अर्काको छोरो लिनका लागि कुनै
मान्छेकहाँ गइन। उनले आफ्नी छोरी
अरुलाई दिनुअघि आफ्नी
छोरीको काँधमा रातो रंगमा मुटुको
बुट्टा लिआन ईले बनाइदिइन्।
अर्काको छोरो लिएपछि उनले तयसको
नाम श्यु थिएन पाउ राखेकी थिइन्।
अठार वर्षपछि अर्का उच्च पदाधिकारीका छोरा छाङ्ग
मिङ्गले गायिका सुश्री पै लि इनको
बुबालाई मारेको थियो। त्यसपछि श्यु
थिएन पाउले सुश्री पैलाई बचाएर
आफ्नो घरमा लुकाएको थियो। श्यु
थिएन पाउले छाङ्ग च मिनको हातबाट
सुश्री पै लि इनलाई बचायो र उनलाई
एउटा साधारण परीवारमा लुकाएदियो।
लामो समयपछि ती दुइजना बीच
माया-प्रिति बस्यो, तर श्यु थि
पाउकी आमा लिआन ईले सुश्री पै लि
इन गरिव भएकाले उसलाई मन
पराउँदैनथिन र उनलाई पिट्नेगरेकी
थिइन्। पिट्दा-पिट्दै लिआन ईले
सुश्री पैको काँधमा रातो रंगको
मुटुको बुट्टा देखिन। यसै बेला
सम्राटले श्यु थिएन पाउलाई आफ्नी
छोरीको श्रीमान बनाए। श्यु थिएन
पाउले राजकुमारीलाई मन नपराइकन
सुश्री पैलाई मन पराएकाले
राजकुमारीले रिसले सुश्री पैलाई
पनि पिटिन। अन्तमा श्यु थिएन पाउले
राजकुमारीलाई पनि पिट्यो।
सम्राटले श्यु थिएन पाउले राजकुमारीलाई पिटेको कुरा
थाहा पाएपछि छाङ्ग मिङ्गले सुश्री
पै र श्यु थिएन पाउ बिचको कुरा
सम्राटलाई सुनायो। सम्राटलाई निकै
रिस पठ्यो र सुश्री पैलाई मार्न
खोजे।
यसै बेला श्रीमती लिआन ईले सम्राट सामु सुश्री पै
आफ्नै छोरी भएको कुरा स्वीकार
गरेकी थिइन। तर सम्राटलाई यो कुरा
सुनेर त झन् रिस उठ्यो। उनले श्यु
थिएन पाउलाई मार्नलागे।
श्यु थिएन पाउ र सुश्री पैले आपसमा निर्णय गरे: श्यु
थिएन पाउ मारिए पछि सुश्री पैले
पनि आत्महत्या गर्नेछिन्। श्यु
थिएन पाउलाई मार्नलागेको बेला
राजकुमारीले सम्राटको आदेशअनुसार
श्यु थिएन पाउलाई बचाउन आइन्। तर
सुश्री पैलाई उक्त कुरा थाहै थिएन।
उनी निर्धारित योजनाअनुसार घरमा
आत्महत्या गरिन।
श्यु थिएन पाउ सुश्री पैको लाश बोकेर दुखी हुँदै
हिंड्यो।
|