CRI
< च्यु पाउ लिएन > नामक सामान कुनै पनि किसिमको
रोगको उपचारका लागि उपयोगी भएको
भन्ने भनाई छ। यो सम्राटका
चिकित्सक चौ होङ्ग त परीवारको
मूल्यवान चीज हो। यो मूल्यवान चीज
पूर्खौली सामानका रुपमा चौ
परीवारमा छ। एक दिन बाढीको प्रकोप
देखापरेको थियो। चिकित्सक चौ
होङ्ग तले मर्नलागेको लिओ चुङ्ग
फिङ्गलाई बचाए र त्यसपछि यसलाई
आफ्नो धर्म-पुत्रका रुपमा राखेका
थिए। त्यस बेला महारानी विरामी
भइन्। धेरै ओखती खाए तापनि केही
काम लागेन। चौ होङ्ग तले आफनो
छोरा चौ चाउ निएनलाई मूल्यवान चीज
लिएर धर्म-पुत्र लिओ चुङ्ग फिङ्गका
साथमा राजधानीमा महारानीको उपचार
गर्न भनेर पठाए। तर बाटोमा
धर्म-पुत्र लिओ चुङ्ग फिङ्गले चौ
चाउ निएनलाई पहाडबाट खसालिदियो।
उसले मूल्यवान चीज खोसेर राजधानी
आयो र त्यो मूल्यवान चीजको
सहायताले महारानीलाई निको पार्यो।
महारानीले लिओ चुङ्ग फिङ्गलाई
उच्च अधिकारीको पद दिइन्। लिओ
चुङ्ग पिङ्ग खुशी भई चौ होङ्ग तको
घरमा फर्क्यो र चौ परीवारका
मान्छेलाई चौ चाउ निएन नदीमा
डुबेर मरेको खबर सुनायो। लिओ
चुङ्ग फिङ्गले चौ परीवारका सबै
मानिसलाई मार्न चौको घरमा आगो
लगायो। लिओले चौ परीवारकी छोरी चौ
वान छिङ्गलाई आफूसँग बलजफती विवाह
गर्नखोज्यो। ती केटीले आफ्नो
सुरक्षाका लागि नदीमा हाम फालिन।
चौ परीवार आपत्तिमा पर्यो। चिकित्सक चौ रीसले
विरामी भए। परीवारका सबैजनालाई
बचाउनुका लागि चौ होङ्ग तकी बुहारी
सु श्येनले बलजफ्ति सिमा क्षेत्रमा
काम गरिरहेको जवान जनरल शिओं ये
मोङ्गसँग विवाह गरीन। जवान जनरल
शिओं ये मोङ्गकी श्रीमती पहिलै नै
मरिसकेकी थिइन। जवान जनरल शिओं ये
मोङ्गको घरमा एकजना सानो बच्चा
थियो। विवाह गर्ने दिन जवान जनरल
शिओं ये मोङ्ग सम्राटको आदेश
अनुरुप युद्धमा गए र आफ्नो सानो
बच्चा शिऔं ह एनलाई सु श्येनको
जिम्मामा छोडे।
आठ वर्षपछि सु श्येनले आफ्नो छोरा
चौ सिओ फीङ्ग र शिऔं ह एनलाई ठूलो
पारिन। यी दुइजना परीक्षाका आधारमा
ठूला पदाधिकारी बने। वान छिङ्ग
रानधानीमा लिओ चुङ्ग फिङ्ग
विरुद्ध मुद्धा हाल्नका लागि चौ
सिओ फिङ्गकहाँ गइन। फुपु वान
छिङ्ग र भतिजा चौ सिआउ फिङ्गसित
भेटिन। उही समयमै नमरेको चौ चाउ
निएन लुटेरा बसेको पहाडको नाइके
बन्यो। एक दिन चौ चाउ निएन र जनरल
शिऔं ये मोङ्ग संघर्ष गर्दागर्दै
यी दुइ जना राम्रा साथी र
दाजु-भाइ बने। चौ चाउ निएनले जनरल
शिऔं ये मोङ्गको घरमा अकस्मात
आफ्नी पहिलेको श्रीमती सु
श्येनलाई भेट्यो। फलस्वरुप दुइजना
लोग्ने मान्छे अर्थात चौ चाउ निएन
र शिओं ये मोङ्गले एउटी स्वास्नी
मान्छे सु श्येनलाई आफ्नी श्रीमति
दावी गर्नथाले र चौ चाउ निएनका
दुइजना छोराले पनि सु श्येनलाई
चिनेर आमा भन्नथाले। ती दुइजना
लोग्ने मानिस सम्राटकहाँ गएर आ-आफ्ना
कुरा सुनाए। अन्त्यमा लिओ चुङ्ग
फिङ्गलाई सजाय दिइयो। शिओ ये
मोङ्गले वान छिङ्गसँग विवाह
गर्छिन् र चौ परीवारका मान्छेको
मिलन हुन्छ।
|