CRI
"रक्सी लागेकी रानी याङ्ग ग्वै
फै" चीनको विभिन्न किसिमको अपेरामा
देखाउन पाइन्छ। "रक्सी लागेकी रानी
ग्वै" नामक अपेराको अर्को नाम "
सयौं फूलयुक्त मण्डप " पनि छ। एक
दिन थाङ्ग बंशका श्युएन चुन नामक
सम्राटले रानी याङ्ग ग्वै फैलाई
भोलि भेट्न यस " सयौं फूलयुक्त
मण्डप "मा दुई जनासंगसंगै भोज
खानुका साथै फूल हेर्ने हुकुम
दिनुभएको थियो। भोलि पल्ट रानी
याङ्ग ग्वै फैले अन्य नोकरीहरु
लिएर छिटै " सयौं फूलयुक्त मण्डप
"मा जानुभई भोज तयार गर्नुभएपछि
सम्राट श्युएन चुनलाई
पर्खिराख्नुभएको छ। तर सम्राट
श्युएन चुन वेलैमा आउनुभएन। दिक्क
लागिरहेकी रानी याङ्ग ग्वै फै अझ
बसिराखेकी छिन्। धेरै ढिली भए
तापनि सम्राट श्युएन चुन पनि
आउनुभएन। यसवेला रानी याङ्ग ग्वै
फैले सम्राट श्युएन चुन रानी
चिएनको निवासमा बस्न जानुभयो। यो
कुरा सुनेपछि रानी याङ्गलाई साह्रै
दुख लाग्यो र रिस उठ्यो। रानी
याङ्गको स्वभाव त्यति शान्त र नरम
छैन, किनभने याङ्गको मन सानो छ।
उहाँलाई सम्राट श्युएन चुन अन्य
रानीसंग बसेर मन पर्दैन। उहाँ दुख
र दिक्क भएको वेला धेरै रक्सी खाई
दुख हटाउनु खोज्नुभयो। धेरै खाएपछि
रक्सी लागेको रानी याङ्ग आफू को
हो पनि सिर्सनुभयो। उहाँले लाज
नमानिकन हिजडाहरु काउ लि श र फाई
लि श दुई जनासंग खेल्दा खेल्दै
देखियो। थकाइ होउंजेलसम्म मात्र
उहाँ दरवारमा फर्क्नुभयो।
|