CRI
राष्ट्रको व्यवस्थ
जन गणतन्त्र चीन मजदूर वर्गको
नेतृत्वमा रहेको, मजदूर र
किसानको मित्रवत गठबन्धनका
आधारमा रहेको र जनता
प्रजातान्त्रिक शासन व्यवस्था
अन्तर्गत रहेको समाजवादी मुलुक
हो। समाजवादी व्यवस्था चाहिं जन
गणतन्त्र चीनको मूलभूत राजनीतिक
व्यवस्था हो।
संविधान
जन गणतन्त्र चीनको संविधान
देशको मूलभूत कानून हो।
सामान्यतया संविधानमा एक देशको
सामाजिक व्यवस्था सम्बन्धी
आधारभूत सिद्धान्त, राष्ट्रिय
संस्थाहरुको आधारभूत सिद्धान्त
र नागरिकको मौलिक अधिकार तथा
कर्तव्य आदि महत्वपूर्ण विषयहरु
समावेश गरिएका हुन्छन्। कुनै
संविधानमा राष्ट्रिय झण्डा,
राष्ट्रिय गान, राष्ट्रिय
चिन्ह, राजधानी र
शासक-वर्गद्बारा र राष्ट्रिय
जीवनका विभिन्न महत्वपूर्ण
क्षेत्रमा संलग्न
व्यक्तित्वहरुद्बारा आवश्यक
ठानिएका अन्य महत्वपूर्ण
कुराहरु पनि समावेश हुन्छन्।
संविधानमा सर्वोच्च कानूनी
अधिकार रहेकोले त्यो अन्य
नियम-कानूनको निर्माणको आधार
पनि हो। ती सबै कानून र नियमहरु
संविधानको भावना र मर्मसित मेल
खाने खालका हुनुपर्छ।
जन गणतन्त्र चीन स्थापित हुनुअघि प्रकाशित
गरिएको “चिनियाँ परामर्शदात्री
सम्मेलनको संयुक्त कार्यक्रम”
चिनियाँ प्रजातन्त्रको एकीकरण
मोर्चाको कार्यक्रम हुनुका साथै
त्यसले अस्थायी संविधानको
भूमिका पनि निर्वाह गरेको थियो।
उक्त कार्यक्रमलाई चिनियाँ
परामर्शदात्री सम्मेलनको पहिलो
पूर्ण बैठकमा पारित गरी सन्
1949 को सेप्टेम्बर 29 तारिखका
दिन प्रकाशित गरिएको थियो।
त्यसले, सन् 1954 मा “जन
गणतन्त्र चीनको संविधान”
प्रकाशित हुनुअघि वास्तवमा
अस्थायी संविधानको भूमिका पनि
निर्वाह गरेको थियो।
सन् 1949 को अक्टोबर एक तारिखका दिन जन
गणतन्त्र चीनको स्थापना भएपछि
नयाँ चीनले सन् 1954, 1975,
1978 र 1982 मा चार पटक “जन
गणतन्त्र चीनको संविधान”को
तर्जुमा गरी लागू गरेको थियो।
चीनको वर्तमान संविधान सन् 1982 को डिसेम्बर
महिनाको चार तारिखका दिन चीनको
पाँचौं राष्ट्रिय जन-कांग्रेसको
पाँचौं सम्मेलनमा पारित भएपछि
लागू गरिएको हो। यो संविधानको
निर्माण सन् 1954को संविधानका
आधारमा गरिएको हो। त्यसमा चीनको
समाजवादी विकासको अनुभवको निचोड
निकाल्नुका साथै
अन्तर्राष्ट्रिय अनुभव पनि
समेटिएको छ। यो संविधान चीनको
विशेषतायुक्त र चीनको समाजवादी
आधुनिकीकरणको निर्माणको
आवश्यकता अनुकूलको एउटा मूलभूत
कानून हो। त्यसमा जन गणतन्त्र
चीनको राजनैतिक व्यवस्था,
आर्थिक व्यवस्था, नागरिकको
अधिकार र कर्तव्य, राष्ट्रिय
संस्थाको गठन र त्यसको
जिम्मेवारी सम्बन्धी परिधि र
भविष्यमा देशका मूलभूत कार्यभार
आदि विषयहरु समावेश छ्न्।
त्यसका मूलभूत विशेषतामा चीनको
आधारभूत राजनीतिक व्यवस्था र
सरकारको कार्यभार तोकिनु,
चारवटा आधारभूत सिद्धान्त र
सुधार तथा खुलापनका आधारभूत
कार्य-नीतिलाई निश्चित गरिनु
रहेका छन। त्यसमा सारा देशका
विभिन्न जातिका जनता र सबै
संगठनले आफ्ना गतिविधिका क्रममा
संविधानलाई आधारभूत सिद्धान्तको
रुपमा स्वीकार गर्नुपर्ने र
कुनै पनि संगठन वा व्यक्तिलाई
संविधान र कानूनको परिधिभन्दा
बाहिर जाने वा तीनको उल्लंघन
गर्ने विशेष अधिकार नभएको कुरा
उल्लेख गरिएको छ।
यस संविधानमा प्राक्कथन, मुख्य कार्यक्रम,
नागरिकका आधारभूत अधिकार र
कर्तव्य, राष्ट्रिय संस्था,
राष्ट्रिय झण्डा, राष्ट्रिय
चिन्ह र राजधानी गरी पाँचवटा
भाग समावेश छन। त्यसमा जम्मा
चार अध्याय, 138 बुँदा छन्। यो
संविधान लागू भएदेखि यता, चीनले
संविधानलाई निरन्तर रुपमा
पूर्णता दिलाउनका लागि त्यसमा
चार पटक संशोधन गरिसकेको छ।
राष्ट्रिय जन-कांग्रेस सम्बन्धी
व्यवस्था
राष्ट्रिय जन-कांग्रेस
सम्बन्धी व्यवस्था चीनको मूलभूत
राजनैतिक व्यवस्था, चिनियाँ
जनताद्बारा नै प्रजातान्त्रिक
शासन पद्धति र चीनको राजनैतिक
व्यवस्था हो। यो पश्चिमी जगतमा
“तीनवटा अधिकार” छुट्टा-छुट्टै
निकायमा निहित हुने व्यवस्था
रहेको संसद भन्दा फरक छ। चीनको
संविधानमा राष्ट्रिय
जन-कांग्रेसलाई देशको सर्वोच्च
आधिकारिक संस्थाको रुपमा
स्थापित गरिएको छ। चीनमा अठार
वर्ष उमेर पुगेका नागरिकहरुमा
आफ्ना प्रतिनिधि छान्ने वा आफै
निर्वाचित हुनका लागि उमेदवार
बन्ने अधिकार छ। चीनका विभिन्न
तहका जन-कांग्रेसहरुमध्ये गाउँ
र जिल्ला स्तरीय प्रतिनिधिहरुको
निर्वाचन प्रत्यक्ष निर्वाचनका
आधारमा गरिने व्यवस्था छ।
यसभन्दा माथिल्ला तहका
प्रतिनिधिहरुको निर्वाचन भने
अप्रत्यक्ष रुपमा गरिने चलन छ।
चिनियाँ राष्ट्रिय
जन-कांग्रेसमा चीनका विभिन्न
प्रान्त, स्वायत्त प्रदेश र
केन्द्रशाशित शहर र सेनाका
प्रतिनिधिहरु रहने व्यवस्था छ।
विभिन्न तहका जन-कांग्रेसको
कार्यावधि पाँच वर्षको हुन्छ।
ती जन-प्रतिनिधिहरुको पूर्ण
राष्ट्रिय सम्मेलनको आयोजना
हरेक वर्ष एक पटक गरिन्छ।
हरेक वर्ष आयोजित हुने
जन-कांग्रेसको वार्षिक
सम्मेलनमा प्रतिनिधिहरुले
सरकारी कार्य-प्रतिवेदन र अन्य
महत्वपूर्ण प्रतिवेदनको सुनुवाइ
गर्दछन्। उनीहरुले यी
प्रतिवेदनको लेखाजोखा गर्नुका
साथै सम्बन्धित निर्णय-प्रस्ताव
पनि प्रस्तुत गर्दछन्। त्यस
अवधिमा सम्मेलन नहुने दिनमा
विभिन्न तहका जन-कांग्रेसको
स्थायी संस्था अर्थात जन-
कांग्रेसको स्थायी समितिले
कांग्रेसद्बारा दिइएको अधिकारको
कार्यान्वयन गर्दछ। जस्तै:
राष्ट्रिय जन-कांग्रेसको स्थायी
समितिको हक-अधिकारका बारेमा
संविधानको व्याख्या गर्ने,
संविधानको कार्यान्वयनको अनुगमन
गर्ने, पूर्ण बैठकद्बारा
तर्जुमा गरिएका कानून बाहेक अरु
कानूनहरुको तर्जुमा र संशोधन
गर्ने र राष्ट्रिय
जन-कांग्रेसप्रति जिम्मेवार
हुने र त्यससमक्ष
कार्य-प्रतिवेदन पेश गर्ने आदि
विषयहरु समावेश छन्।
चीनको राष्ट्रिय जन-कांग्रेसको आधारभूत
अधिकारमा कानून निर्माणको
अधिकार, अनुगमनको अधिकार,
महत्वपूर्ण घटना सम्बन्धमा
निर्णयको अधिकार र महत्वपूर्ण
पदहरुमा नियुक्ति र पदच्युतीको
अधिकार आदि समावेश छन्। चीनमा,
केही अवधिसम्मको राष्ट्रिय
अर्थतन्त्र र सामाजिक विकास
सम्बन्धी योजनाको तर्जुमा चीनको
सामाजिक विकासलाई अघि बढाउनका
लागि महत्वपूर्ण आधार बनिसकेको
छ। तर यी योजनाहरुले राष्ट्रिय
जन-कांग्रेसमा पारित गरिएपछि
मात्र कानूनी आधार प्राप्त
गर्नसक्दछन्। चीनको कानूनमा
भनिएको छ: चीनका मुख्य
नेताहरुको नियुक्ति जस्तै:
राष्ट्राध्यक्ष र राष्ट्रिय
जन-कांग्रेसको स्थायी समितिका
अध्यक्ष आदि पदका लागि
व्यक्तिको नियुक्ति राष्ट्रिय
जन-कांग्रेससमक्ष पेश गरिएपछि
निर्वाचनमार्फत हुनसक्नेछ।
राज्य परिषद्का प्रधानमन्त्री र
विभिन्न मन्त्रीहरुको नियुक्ति
पनि राष्ट्रिय जन-
कांग्रेससमक्ष पेश गरिएपछि
मात्र हुनसक्नेछ। राष्ट्रिय
जन-कांग्रेसले निश्चित
प्रक्रियामार्फत राष्ट्रिय
जन-कांग्रेसको स्थायी समितिका
अध्यक्ष, राष्ट्राध्यक्ष, राज्य
परिषद्का प्रधानमन्त्री आदि
देशका नेतागणलाई पदच्युत गर्ने
सम्बन्धी प्रस्ताव पनि प्रस्तुत
गर्नसक्छ।
बहुपार्टी सहयोग र राजनैतिक
परामर्शदात्री व्यवस्था
चिनियाँ कम्युनिष्ट पार्टीको
नेतृत्वमा रहेको बहुपार्टी
सहयोग र राजनैतिक परामर्श
सम्बन्धी व्यवस्था चीनको एउटा
आधारभूत राजनैतिक व्यवस्था हो।
चीन एउटा बहुपार्टीयुक्त राजनीतिक व्यवस्था
भएको मुलुक हो। चीनमा सत्तारुढ
दल अर्थात् चिनियाँ कम्युनिष्ट
पार्टी बाहेक आठवटा
प्रजातन्त्रिक पार्टी छन्। यी
प्रजातन्त्रिक पार्टीहरु नयाँ
चीन स्थापना हुनुअघिदेखि
अस्तित्वमा छन्। तिनीहरु
राजनीतिक क्षेत्रमा चिनियाँ
कम्युनिष्ट पार्टीको नेतृत्वको
समर्थन गर्छन्। यो उनीहरुले
कम्युनिष्ट पार्टीसँग लामो
समयसम्म सहयोग गर्ने र संयुक्त
रुपमा मिलेर काम गर्ने दिशामा
गरेको ऐतिहासिक छनौट हो।
चिनियाँ कम्युनिष्ट पार्टी र
विभिन्न प्रजातन्त्रिक
पार्टीहरुले आफ्ना गतिबिधिको
मूलभूत आधार संविधानलाई
बनाउनुपर्छ। प्रत्येक
प्रजातान्त्रिक पार्टी एक अलग
संगठन हो। यिनीहरु संविधानको
परिधिमा राजनैतिक स्वतन्त्रता,
अलग संगठन र समान कानूनी
स्थानको उपभोग गर्छन्। चिनियाँ
कम्युनिष्ट पार्टी र विभिन्न
प्रजातान्त्रिक पार्टीहरु बीच
सहयोगको आधारभूत कार्यनीति
“सँगसँगै मिलेर एकले अर्काको
अनुगमन गर्नु, एकले अर्कालाई
सहयोग गर्नु र राम्रो र नराम्रो
दुबै कुराका लागि सामूहिक
जिम्मेवारी वहन गर्नु” हो।
चीनका विभिन्न प्रजातान्त्रिक पार्टीहरु
सत्ताहिन पार्टी वा विरोधी
पार्टी नभई देशका महत्वपूर्ण
मामिलामा सहभागी हुने पार्टी
हुन्। यिनीहरुले देशका
महत्वपूर्ण मामिलामा सहभागिता
जनाउने आधारभूत विषयहरुमा
मुलुकको महत्वपुर्ण नीति र
कार्यनीति तथा देशका
नेतागणहरुका लागि उम्मेदवार चयन
गर्ने सम्बन्धी विचार-विमर्श,
राष्ट्रिय मामिलाको सञ्चालन
कार्य र राष्ट्रिय कार्य-नीति,
नीति र नियम-कानूनहरुको
कार्यान्वयनमा भाग लिने आदि
कार्य समावेश छन्।
चीनले महत्वपूर्ण निर्णय गर्ने र
सर्व-साधारणको सुख-दु:खसँग
घनिष्ट सम्बन्ध रहेको
महत्वपूर्ण विषय बारेको छनौट
गर्ने बेलामा चिनियाँ
कम्युनिष्ट पार्टीले सर्वप्रथम
प्रजातान्त्रिक पार्टीहरु र
कुनै पनि पार्टीमा आबद्ध नभएका
प्रजातान्त्रिक व्यक्तिहरुसित
विचार-विमर्श गरी व्यापक रुपमा
राय-सुझावको सुनुवाई गरेपछि
मात्र निर्णय गर्ने गर्दछ।
राष्ट्रिय जन- कांग्रेस र
त्यसको स्थायी समिति तथा स्थायी
विशेष समितिमा प्रजातान्त्रिक
पार्टी र स्वतन्त्र
व्यक्तिहरुको संख्या तुलनात्मक
रुपमा बढी छ। यसले गर्दा उनीहरु
देशका महत्वपूर्ण मामिलाको
सञ्चालन राम्ररी गर्ने, यी
मामिला बारे छलफल गर्ने र
आ-आफ्नो अनुगमन भूमिका निर्वाह
गर्ने, चिनियाँ राजनैतिक
परामर्शदात्री सम्मेलनमा
प्रजातान्त्रिक पार्टी र
गैर-पार्टीको भूमिका खेल्ने र
विभिन्न तहका सरकार तथा कानूनी
विभागमा नेता हुनका लागि
प्रजातान्त्रिक पार्टी र
गैर-पार्टीका व्यक्तिहरुलाई
सिफारिश गर्नेछन्।
बहुपार्टी सहयोग र राजनैतिक परामर्शका मुख्य
तरिकाहरु यस प्रकार छन्:
एक. बहुपार्टी सहयोग र राजनैतिक परामर्शको
मुख्य माध्यम चिनियाँ राजनैतिक
परामर्शदात्री सम्मेलन हो।
चिनियाँ राजनैतिक परामर्शदात्री
सम्मेलन विभिन्न पार्टी,
विभिन्न जन-समुदाय र विभिन्न
क्षेत्रका प्रतिनिधीहरु
राष्ट्रिय मामिलामा सहभागी हुने
र छलफल गर्ने महत्वपूर्ण स्थान
हो।
दुइ. चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय
समिति र विभिन्न तहका स्थानीय
पार्टी परिषद्द्बारा बोलाइने
प्रजातान्त्रिक पार्टी र
गैर-पार्टीका व्यक्तिहरुको
गोष्ठी हो। सो गोष्ठीले
महत्वपूर्ण विषयको जानकारी
दिने, महत्वपूर्ण कार्यनीति,
देश र स्थानीय सरकारका नेताका
उम्मेदवारहरुको नामावली,
राष्ट्रिय जन-कांग्रेसका
प्रतिनिधि र राजनैतिक
परामर्शदात्री सम्मेलनका
सदस्यका लागि उम्मेदवारको
नामावलीबारे विभिन्न
प्रजातान्त्रिक पार्टीसँग
विचार-विमर्श गर्नुका साथै
उनीहरुको राय-सुझावको सुनुवाई
गर्छन्।
तीन. प्रजातान्त्रिक पार्टीका सदस्यहरु रहेका
जन-कांग्रेसका प्रतिनिधिहरुले
विभिन्न तहका जन-कांग्रेसमा
जनताको प्रतिनिधिको हैसियतले
देशका महत्वपूर्ण मामिलामा
सहभागी हुने र अनुगमनकर्ताको
भूमिका निर्वाह गर्ने गर्छन्।
चार. राज्य परिषद्, सम्बन्धित विभाग र
जिल्लाभन्दा माथिका सरकार तथा
सम्बन्धित विभागका नेताका लागि
प्रजातान्त्रिक पार्टीका
सदस्यको चयन गर्छन्।
पांच. महाधिवक्ताको कार्यालय र केरकार-फैसला
संस्थाका नेता हुनका लागि
प्रजातान्त्रिक पार्टीमध्येका
अनुकूल सदस्यहरुको सिफारिश
गर्छन्।
|