चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन

CRI


  चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट्र पार्टीको नेतृत्वमा रहेका अन्य धेरै पार्टी बीच आपसी सहयोग र राजनीतिक परामर्श गर्ने महत्वपूर्ण सँस्था हो। यो नै चीनको राजनीतिक जीवनमा समाजवादी प्रजातन्त्रको विकास गर्ने एउटा महत्वपूर्ण प्रणाली पनि हो।
       चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन नयाँ चीन स्थापना हुनुअघि चिनियाँ कम्युनिष्ट पार्टी र अन्य विभिन्न प्रजातान्त्रिक पार्टीहरु निर्दलीय व्यक्तिहरु र विभिन्न जन सँगठनहरुले सयुक्त रुपमा स्थापना गरेका हन्।
स्थापनापछि सन् 1949 को सप्टेबरमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलोपूर्ण बैठक पेइचिँगमा आयोजना गरिएको थियो। सोही बैठकले जन गणतन्त्र चीन स्थापनाको घोषणा गरेको थियो। साथै माउ च तुँग अध्यक्ष रहनुभएको केन्द्रिय जन सरकार र राजनीतिक परामर्शदात्री सम्मेलनको पहिलो राष्ट्रिय समितिको पनि निर्वाचित गरेको थियो। चीनको राजधानी राष्ट्रिय झण्डा राष्ट्रिय धन र इस्वी सँवतको प्रयोग सम्बन्धी निर्णय समेत सोही बैठकले गरेको थियो। सन् 1954 मा चीनको सर्वोच्च राष्ट्रिय अधिकारको अँग अर्थात राष्ट्रिय जन काँग्रेस स्थापना भएपछि भने राजनीतिक परामर्शदात्री सम्मेलनसँग नीहित सर्वोच्च राष्ट्रिय अधिकार अँगको कार्यकारी अधिकारको प्रयोग पनि समाप्त भयो। तर यो देशभक्त एकिकृत मोर्चाको रुपमा भने रहिरहेको छ।
       चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनमा राष्ट्रिय सम्मेलनका साथै विभिन्न स्थानीय समितिहरु समेत रहेका छन्। प्रत्येक समितिको पदावधि 5 वर्षको हुन्छ। हरेक वर्षमा एक पटक पूर्ण बैठकको आयोजना गरिन्छ।
       राजनीतिक परामर्शदात्री सम्मेलनको मुख्य कार्यभार नै राजनीतिक परामर्श जनतान्त्रिक अनुगमन र सरकारी कार्य एवँ राजनितिमा सहभागी भई छलफल गर्नु हो। तीमध्ये प्रस्ताव प्रस्तुत गर्नु नै राजनीतिक परामर्शदात्री सम्मेलनका सदस्यहरुले सरकारी कार्य एवँ राजनीतिमा सहभागी भई छलफल गर्ने सबैभन्दा प्रत्येक्ष ठोस र प्रभावकारी तरीका हो।
       यहाँ विशेष रुपले स्पष्ट पार्नुपर्ने कुरा के हो भने चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन र विदेशका सिनेट वा माथिल्लो सभा बीच निकै फरक छ। चीनको जन राजनितिक परामर्शदात्री सम्मेलन चिनियाँ कम्युनिष्ट पार्टी र विभिन्न प्रजातान्त्रिक पार्टी निर्दलीय व्यक्तिहरु बीच रहेको फरकमा यो नै मुख्य द्योतक हो।