चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत सैन्य आयोग

CRI


      चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति अन्तर्गत सैन्य आयोग चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सर्वोच्च सैनिक निर्देशन संस्था हो। यस समितिमा अध्यक्ष, उपाध्यक्ष, सदस्यहरु हुन्छन्। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति अन्तर्गत सैन्य आयोगका सदस्यहरु को को हुने भन्ने कुराको निर्णय चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले गर्दछ। यस आयोगको मुख्य कार्य चीनको सशस्त्र शक्तिलाई निर्देशन तथा नेतृत्व दिनु हो।
      चिनियाँ राष्ट्रिय जन-कांग्रेसद्बारा निर्वाचित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति अन्तर्गत सैन्य आयोगका अध्यक्ष चिनियाँ राष्ट्रिय जन-कांग्रेस तथा यसको स्थायी समितिको नेतृत्व तहको व्यक्ति हुनुपर्छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समिति अन्तर्गत सैन्य आयोगको कार्यावधि पाँच वर्षको हुन्छ र सो अवधिलाई लम्ब्याउन सकिन्छ।
      चीनको सशस्त्र शक्तिमा चिनियाँ जन-मुक्ति सेना, चिनियाँ जन-सशस्त्र प्रहरी फौज तथा मिलिसिय रहेका छन्। चिनियाँ जन-मुक्ति सेना देशको स्थायी सेना हो। सशस्त्र प्रहरी फौजले आन्तरिक सुरक्षा र सामाजिक अनुशासन कायम गर्ने जिम्मेवारी वहन गर्छन। मिलिसिया भनेको सामाजिक उत्पादन कार्यमा सहभागी हुने प्यारा मिलेट्री हो।
      चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत सैन्य आयोगका वर्तमान अध्यक्ष सि चिन फिङ्ग हुनुहुन्छ।