जन-अदालत

CRI


    जन-अदालत चीनको राष्ट्रिय सुनुवाइ तथा फैसला सम्बन्धी संस्था हो। चीनमा सर्वोच्च जन-अदातल, विभिन्न प्रान्त र स्वायत्त प्रदेश एवम् केन्द्र शासित शहरहरुमा उच्च जन-अदालत छन्। तीनका मातहतमा मध्य जन-अदालत तथा सामान्य जन-अदालत छन्। सर्वोच्च जन-अदालत चीनको सबैभन्दा सर्वोच्च न्यायिक संस्था हो। सर्वोच्च जन-अदालत चीनको सबैभन्दा उच्च न्यायिक संस्था हो जसमा विभिन्न तहका स्थानीय जन-अदातल एवम् विशेष जन-अदालतको कार्यको अनुगमन गर्ने वा पुनरावेदन हेर्ने अधिकार छ। सर्वोच्च जन-अदालत चीनको राष्ट्रिय जन-कांग्रेस तथा यसको स्थायी समितिप्रति जवाफदेही हुन्छ। सर्वोच्च जन-अदालतका प्रमुख, उप-प्रमुख एवम् सर्वोच्च सुनुवाइ तथा फैसला समितिका सदस्यको नियुक्तिको निर्णय चिनियाँ राष्ट्रिय जन-कांग्रेसद्बारा गरिन्छ।

      सर्वोच्च जन-अदालतको दायित्व निम्नवमोजिम छ:

      स्थानीय अदालतले गरेको फैसला विरुद्धका अपील सुन्नु र फैसला गर्नु, मृत्यु-दण्डको फैसलालाई अनुमोदन गर्नु, दण्ड-विधानमा उल्लेख नगरिएको अपराधलाई मिल्दोजुल्दो नजिकको अपराधका आधारमा सजाय दिने अधिकारको प्रयोग गर्नु, निश्चित फैसलाको कानूनका आधारमा ठोस व्याख्या गर्नु आदि।

      सर्वोच्च जन-अदालतका वर्तमान प्रमुख छ्याउ याङ हुनुहुन्छ।