महाधिवक्ताको कार्यालय

CRI


   जनताको महाधिवक्ताको कार्यालय देशको कानूनी अनुगमन संस्था हो। त्यसले महाधिवक्ताको अधिकारको प्रयोगमार्फत आफ्नो कर्तव्यको पालना गर्दछ। देश-द्रोही मुद्दा, देशलाई अलग्याइने मुद्दा र अन्य महत्वपूर्ण अपराधी कारोबारहरुका सम्बन्धमा त्यसले महाधिवक्ताको अधिकारको प्रयोग गर्दछ। सार्वजनिक सुरक्षा संस्थाद्बारा छानबिन गरिने मुद्दामाथि त्यसले जाँचबुझ गरेर पक्राऊ गर्ने कि नगर्ने अथवा उजुरी गर्ने कि नगर्ने भन्ने बारे निर्णय गर्छ। सार्वजनिक सुरक्षा संस्था, जन अदालत, झ्यालखाना र श्रमद्बारा आफ्नो चरित्रमा परिवर्तन ल्याइने संस्थाका गतिबिधि उचित छन् कि छैनन् भन्ने सम्बन्धमा त्यसले अनुगमन गर्छ।

       जन-अदालतद्बारा फैसला अधिकारको प्रयोग, जस्तै जन-महाधिवक्ताको कार्यालय कानून बमोजिम महाधिवक्ताको अधिकारको प्रयोग गर्दछ। अरु प्रशासनिक संस्था, सामाजिक समुदाय र व्यक्तिले त्यसमाथि हस्तक्षेप गर्नु हुँदैन। साथै कानूनको दृष्टिकोणबाट हेर्दा सबै नागरिक समान छन्। देशमा सर्वोच्च महाधिवक्ताको कार्यालय, विभिन्न तहका स्थानीय जन-महाधिवक्ताको कार्यालय र सैन्य महाधिवक्ताको कार्यालय आदि विशेष जन-महाधिवक्ताको स्थापना गरिन्छन्। चीनको जन-महाधिवक्तालाई चार तहमा विभाजित गरिन्छ। यी चार तहमा आधारभूत स्तर, माध्यमिक स्तर, उच्च स्तर र सर्वोच्च स्तरीय महाधिवक्ताको कार्यालय समावेश छन्। सर्वोच्च जन-महाधिवक्ताको कार्यालय चीनको सर्वोच्च महाधिवक्ता संस्था हो। त्यसले देशका तर्फबाट महाधिवक्ताको अधिकारको प्रयोग गर्छ। त्यसले प्रत्यक्ष रुपमा राष्ट्रिय जन कांग्रेसको स्थायी समितिको जिम्मेवारी बहन गर्नुपर्छ। त्यसको मुख्य कार्यभार राष्ट्रिय कानूनको सही कार्यान्वयनको सुनिष्चितताका लागि कानून बमोजिम अनुगमन अधिकारको प्रयोग गर्ने क्रममा विभिन्न तहका स्थानीय जन-महाधिवक्ताका कार्यालय र विशेष जन-महाधिवक्तालाई निर्देशन दिनेगर्दछ।

       चीनको सर्वोच्च महाधिबक्ताको कार्यालयका वर्तमान प्रमुख च्या छुन वाँग हुनुहुन्छ।