चाङ्ग त च्याङ्ग

कमरेड चाङ्ग त च्याङ्गको व्यक्तिगत विवरण

     चाङ्ग त च्याङ्ग, हान जातिका हुनुहुन्छ। सन 1946 को नोभेम्बरमा ल्याउ निङ्ग प्रान्तको थाइ आनमा उहाँको जन्म भएको हो। उहाँले सन् 1968 को नोभेम्बरदेखि जागिर खान थाल्नुभएको हो। सन् 1971 को जनवरीमा उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्नुभएको हो। उहाँ प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको किम जुङ्ग ईल संयुक्त विश्वविद्यालयबाट अर्थ शास्त्रमा स्नातक उत्तीर्ण हुनुभएको छ भने उहाँको शिक्षा स्तर विश्वविद्यालयसम्मको हो।
     वर्तमान पदः चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चीनको राज्य परिषदका उप-प्रधानमन्त्री, चीनको राज्य परिषदको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी छुङ्ग छिङ्ग शहर समितिका सचिव।
   सन् 1968 देखि 1970 सम्म चि लिन प्रान्तमा पर्ने वाङ्ग छिङ्ग जिल्लाको लो च कौ सार्वजनिक समितिको थाई फिङ्ग गाउँमा विद्यार्थी अवस्थामा श्रमिक युवाका हैसियतले श्रम गर्नुभएको थियो।
   सन् 1970 देखि 1972 सम्म चि लिन प्रान्तमा पर्ने वाङ्ग छिङ्ग जिल्लाको क्रान्तिकारी समिति अन्तर्गत प्रचार-प्रसार टोलीका निर्देशक एवंम चिनियाँ कम्युनिष्ट युथ लीग अन्तर्गत वाङ्ग छिङ्ग जिल्लाको क्रान्तिकारी समिति शाखाका सचिव हुनुभएको थियो।
   सन 1972देखि1975सम्म यान पेन विश्वविद्यालयमा कोरियाली भाषा अध्ययन गर्नुभएको थियो।
   सन् 1975 देखि 1978 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत यान पेन विश्वविद्यालयको कोरियाली भाषा विभागमा उप-सचिव, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत यान पेन विश्वविद्यालय समितिका स्थायी सदस्य तथा त्यस विश्वविद्यालयको क्रान्तिकारी समितिका उपप्रमुख हुनुभएको थियो।
   सन् 1980 देखि 1983 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत यान पेन विश्वविद्यालय समितिका सदस्य तथा उप-प्राध्यापक हुनुभएको थियो।
   सन् 1983 देखि 1985 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत यान चि शहर समितिका उप-सचिव, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत चिन लिन प्रान्तको यान पेन राज्य समितिका स्थायी सदस्य एवंम चिनियाँ कम्युनिष्ट पार्टी अनर्तगत यान चि शहर समितिका उप-सचिव हुनुभएको थियो।
   सन् 1985 देखि 1986 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत चिन लिन प्रान्तको यान पेन राज्य समितिका उप-सचिव हुनुभएको थियो।
   सन् 1986 देखि 1990 सम्म उप-नागरिक मामिला मन्त्री, नागरिक मामिला मन्त्रालयको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका उप-सचिव हुनुभएको थियो।
   सन् 1990 देखि 1995 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत चि लिन प्रान्त समितिका उप-सचिव एवंम चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत यान पेन राज्य समितिका सचिव हुनुभएको थियो।
   सन् 1995 देखि 1998 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत चि लिन प्रान्त समितिका सचिव, चिनियाँ जन काङ्ग्रेस अन्तर्गत चि लिन प्रान्तको स्थायी समितिका प्रमुख हुनुभएको थियो।
   सन् 1982 देखि 2002 सम्म चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत च च्याङ्ग प्रान्त समितिका सचिव हुनुभएको थियो।
   सन् 2002 देखि 2007 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्गत क्वाङ्ग तुङ्ग प्रान्त समितिका सचिव हुनुभएको थियो।
   सन् 2007 देखि 2008 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य हुनुभएको थियो।
   सन् 2008 देखि 2012 सम्म चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चीनको राज्य परिषदका उप-प्रधानमन्त्री, चीनको राज्य परिषदको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी छुङ्ग छिङ्ग शहर समितिका सचिव (सन 2012 को मार्च देखि)।
   सन् 2012 देखि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका स्थायी सदस्य, चीनको राज्य परिषदका उप-प्रधानमन्त्री, चीनको राज्य परिषदको चिनियाँ कम्युनिष्ट पार्टी टोलीका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी छुङ्ग छिङ्ग शहर समितिका सचिव
     चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको चौधौं समितिका अतिरिक्त सदस्य, पन्ध्रौं, सोह्रौ, सत्रौं तथा अठारौं समितिका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी सोह्रौ तथा सत्रौं केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य तथा स्थायी सदस्य हुनुभएको छ।