चाङ्ग काउ ली

कमरेड चाङ्ग काउ लीको व्यक्तिगत विवरण

     चाङ्ग काउ ली, हान जातिका हुनुहुन्छ। उहाँको जन्म सन् 1946 नभेम्बरमा भएको हो। उहाँ फु च्येन प्रान्तको चिन च्याङ्गका नागरिक हुनुहुन्छ। उहाँले सन् 1970 अगष्टदेखि जागिर खान थाल्नुभएको थियो र सन् 1973 डिसेम्बरदेखि चिनियाँ कम्युनिष्ट पार्टीमा संलग्न हुनुभएको हो। उहाँले श्या मन विश्वविद्यालयबाट अर्थ शास्त्रअन्तर्गत परियोजना तथा तथ्याँक विषयमा स्नातक उत्तीर्ण गर्नुभएको छ। उहाँको शिक्षास्तर विश्वविद्यालय सम्मको हो।
     उहाँ वर्तमान चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत राजनैतिक ब्यूरोका स्थायी सदस्य एवम् चिनियाँ कम्युनिष्ट पार्टी थ्येन चिन शहरका सचिव हुनुहुन्छ।
   सन् 1965 देखि 1970 सम्म उहाँले श्या मन विश्वविद्यालयमा अर्थ शास्त्र अन्तर्गत योजना तथा तथ्याँक विषयको अध्ययन गर्नुभएको थियो।
   सन् 1970 देखि 1977 सम्म उहाँ पेट्रोलियम मन्त्रालयअन्तर्गत क्वाङ्ग तुङ्ग प्रान्तको माउ मिङ्ग पेट्रोल कम्पनिको कामदार हुँदै उत्पादन निर्देशन विभाग कार्यालयको सचिव,राजनैतिक विभागमा चिनियाँ साम्यवादी युवा मण्डलको शाखा-सचिव साथै कम्पनिमा चिनियाँ साम्यवादी युवा मण्डलको समितिका उपसचिव हुनुभयो।
   सन् 1977 देखि 1980 सम्म उहाँ पेट्रोलियम मन्त्रालयअन्तर्गत क्वाङ्ग तुङ्गको माउ मिङ्ग पेट्रोल कम्पनिको पेट्रोल उत्पादन कारखानाको एक नम्बर विभागमा चिनियाँ कम्युनिष्ट पार्टीको शाखाका सचिव, शिक्षक, कारखानामा चिनियाँ कम्युनिष्ट पार्टी समितिका उपसचिव तथा सचिव हुनुभयो।
   सन् 1980 देखि 1984 सम्म उहाँ पेट्रोलियम मन्त्रालयअन्तर्गत क्वाङ्ग तुङ्गको माउ मिङ्ग पेट्रोल औद्योगिक कम्पनिमा चिनियाँ कम्युनिष्ट पार्टीको समितिका स्थायी सदस्य, योजना विभागका प्रमुख तथा उपप्रबन्धक हुनुभयो।
    सन् 1984 देखि 1985 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको क्वाङ्ग तुङ्ग प्रान्तको माउ मिङ्ग शहरका उप-सचिव, चीनको पेट्रोल कम्पनिको माउ मिङ्ग पेट्रोल औद्योगिक कम्पनिका प्रबन्धक हुनुभयो।
    सन् 1985 देखि 1988 सम्म उहाँ क्वाङ्ग तुङ्ग प्रान्तको आर्थिक समितिका अध्यक्ष तथा चिनियाँ कम्युनिष्ट पार्टी क्वाङ्ग तुङ्ग प्रान्तको आर्थिक समितिका सचिव हुनुभयो।
   सन् 1988 देखि 1992 सम्म उहाँ क्वाङ्ग तुङ्ग प्रान्तका उप-प्रमुख हुनुभयो।  यस समयावधिको सन् 1990 अप्रिलदेखि सन् 1990 जुलाइसम्म चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय विद्यालयमा प्रान्त तथा मन्त्रालयस्तरीय पदाधिकारी तालिम लिनुभएको थियो।
   सन् 1992 देखि 1993 सम्म उहाँ क्वाङ्ग तुङ्ग प्रान्तका उप-प्रमुख एवम् योजना समितिका प्रमुख,चिनियाँ कम्युनिष्ट पार्टी क्वाङ्ग तुङ्ग प्रान्तको योजना समितिका सचिव हुनुभयो।
   सन् 1993 देखि 1994 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको क्वाङ्ग तुङ्ग प्रान्तको शाखामा स्थायी सदस्य, क्वाङ्ग तुङ्ग प्रान्तका उप-प्रमुख एवम् योजना समितिका प्रमुख,चिनियाँ कम्युनिष्ट पार्टीमा क्वाङ्ग तुङ्ग प्रान्तको योजना समितिका सचिव हुनुभयो।
   सन् 1994 देखि 1997 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको क्वाङ्ग तुङ्ग प्रान्तको शाखामा स्थायी सदस्य एवम् क्वाङ्ग तुङ्ग प्रान्तका उप-प्रमुख, चु च्याङ्ग त्रिकोण नदिको आर्थिक क्षेत्र योजना तथा सामञ्जस्य नेतृत्व मण्डलका प्रमुख हुनुभयो।
   सन् 1997 देखि 1998 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको क्वाङ्ग तुङ्ग प्रान्तको शाखामा स्थायी सदस्य एवम् क्वाङ्ग तुङ्ग प्रान्तका उप-प्रमुख, चिनियाँ कम्युनिष्ट पार्टी शन चन शहरका सचिव हुनुभयो।
   सन् 1998 देखि 2000 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको क्वाङ्ग तुङ्ग प्रान्तको शाखाका उपसचिव एवम् शन चन शहरका सचिव हुनुभयो।
   सन् 2000 देखि 2001 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको क्वाङ्ग तुङ्ग प्रान्तको शाखाका उपसचिव एवम् शन चन शहरका सचिव र शन चन शहरका जन काँग्रेसको स्थायी समितिका अध्यक्ष हुनुभयो।
   सन् 2001 देखि 2002 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको शान तुङ्ग प्रान्तको शाखाका उपसचिव एवम् शान तुङ्ग प्रान्तका प्रमुखको कार्यवाहक र शान तुङ्ग प्रान्तका प्रमुख हुनुभयो।
   सन् 2002 देखि 2003 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको शान तुङ्ग प्रान्तका सचिव र शान तुङ्ग प्रान्तका प्रमुख हुनुभयो।
   सन् 2003 देखि 2007 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको शान तुङ्ग प्रान्तका सचिव र शान तुङ्ग प्रान्तका जन काँग्रेसको स्थायी समितिका अध्यक्ष हुनुभयो।
   सन् 2007 देखि 2007 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको थ्येन चिन शहरका सचिव हुनुभयो।
   सन् 2007 देखि 2012 सम्म उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत राजनैतिक ब्यूरोका सदस्य,थ्येन चिन शहरका सचिव हुनुभयो।
   सन् 2012 देखि उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिअन्तर्गत राजनैतिक ब्यूरोका स्थायी सदस्य,थ्येन चिन शहरका सचिव हुनुभएको छ।
      चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पन्ध्रौं समितिका अतिरिक्त सदस्य, सोह्रौ, सत्रौं तथा अठारौं समितिका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी सत्रौं केन्द्रीय समितिको राजनैतिक व्यूरोका सदस्य, चिनियाँ कम्युनिष्ट पार्टी अठारौं केन्द्रीय समितिको राजनैतिक व्यूरोका सदस्य तथा स्थायी सदस्य हुनुभएको छ।