CRI
चिनियाँ कम्युनिष्ट पार्टी चिनियाँ
मजदूर वर्गको अग्रज दल हो। साथै
त्यो चिनियाँ जनता र चिनियाँ
जातिको पथ-प्रदर्शक दल पनि हो।
त्यो चिनियाँ विशेषतायुक्त
समाजवादी व्यवस्था स्थापनाको
दिशामा गरिने कार्यको नेतृत्वदायी
अंग हो। त्यसले चीनको उन्नतशील
उत्पादन शक्तिको विकासको आवश्यकता,
चीनको अग्रगामी साँस्कृतिक दिशा र
आम चिनियाँ जनताको मौलिक हितको
प्रतिनिधित्व गर्दछ ।
चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च आदर्श
र अन्तिम लक्ष्य साम्यवादी
व्यवस्था स्थापनाको उद्देश्यलाई
साकार तुल्याउनु हो । पार्टीको
विधानमा तोकिएअनुसार, चिनियाँ
कम्युनिष्ट पार्टीले
मार्क्सवाद-लेनिनवाद, माओ च तोंग
विचारधारा, तंग स्याउ फिंगको
सिद्धान्त तथा तीनवटा
प्रतिनिधित्वको महत्वपूर्ण
विचारलाई आफ्नो कार्य-निर्देशकका
रुपमा लिएको छ ।
सन् 1921 को जूलाइमा चिनियाँ कम्युनिष्ट
पार्टीको स्थापना भयो। सन् 1921
देखि सन् 1949 सम्म चिनियाँ
कम्युनिष्ट पार्टीले चिनियाँ
जनताको नेतृत्व गरी कठोर संघर्षको
परिणामस्वरुप साम्राज्यवाद,
सामन्तवाद र नोकरशाही पूंजिवादको
शासनलाई पल्टाएर जन गणतन्त्र चीनको
स्थापना गरेको हो । नयाँ चीनको
स्थापनापछि चिनियाँ कम्युनिष्ट
पार्टीले राष्ट्रभरिका विभिन्न
जातिका बासिन्दाको नेतृत्व गरी
राष्ट्रको स्वतन्त्रता र सुरक्षाको
संरक्षण गरेको छ, चिनियाँ समाजलाई
नयाँ जनवादबाट समाजवादसम्म सफलताका
साथ परिवर्तन गरेको छ र योजनाबद्ध
र ठूलो परिमाणको समाजवादी समाजको
निर्माण गरेको छ । यसको फलस्वरुप
चीनको आर्थिक तथा सांस्कृतिक
विकास कार्यले इतिहासमा कहिल्यै
नभएको अनुपम सफलता पाएको छ ।
सन् 1956 मा उत्पादन सामग्रीहरुको निजी
स्वामित्वप्रतिको समाजवादी सुधार
आधारभूत रुपमा पूरा भएपछि अनुभवको
अभावले गर्दा चिनियाँ कम्युनिष्ट
पार्टीले समाजवादी समाज निर्माण
कार्यको नेतृत्वका क्रममा केही
गलती पनि गरेको थियो । सन् 1966
देखि 1976 सम्म महान सांस्कृतिक
क्रान्तिका कारण चिनियाँ समाजले
दीर्घकालीन गम्भीर भूलको शिकार
हुनुपरेको थियो ।
सन् 1976 को अक्टोबरमा महान सांस्कृतिक
क्रान्ति समाप्त भयो र चीन नयाँ
ऐतिहासिक विकासको अवधिमा प्रवेश
गर्यो । सन् 1978 को अन्त्यतिर
आयोजित चिनियाँ कम्युनिष्ट
पार्टीको 11 औं केन्द्रीय समितिको
तेस्रो पूर्ण बैठकले चिनियाँ
समाजलाई नयाँ चीनको स्थापनादेखि
यताको महत्वपूर्ण र गम्भीर अर्थ
रहेको महान् मोडमा पुर्यायो । सन्
1979 देखि चिनियाँ कम्युनिष्ट
पार्टीले श्री तंग स्याउ फिंगबाट
प्रस्तावित सुधार र खुलापनको नीति
लागू गर्नथालेको थियो । सुधार र
खुलापनको नीति लागू भएदेखि यता
चीनको राष्ट्रिय अर्थतन्त्र र
सामाजिक विकासले पनि संसारको
ध्यान आकर्षित गर्नेखालको उपलव्धि
हासिल गरेको छ र चीनको मुहारमा पनि
आकाश-पातालको परिवर्तन देखा परेको
छ । यो अवधि नयाँ चीनको स्थापना
भएदेखिको सबैभन्दा राम्रो, अथवा
श्वर्ण अवधि हो । र यो चिनियाँ
जनताले सबैभन्दा बढी सुविधा पाएका
अवधि पनि हो।
चिनियाँ कम्युनिष्ट पार्टीले सक्रियताका साथ
परराष्ट्र सम्बन्धको विकास गर्ने
धारणा लिएको छ र चीनको सुधार र
खुलापन तथा चीनको आधुनिकीकरणको
निर्माणका लागि अनुकूल
अन्तर्राष्ट्रिय वातावरणको सिर्जना
गर्ने प्रयास गरेको छ ।
अन्तर्राष्ट्रिय मामिलामा चिनियाँ
कम्युनिष्ट पार्टीले स्वतन्त्र र
स्वावलम्वी अनि शान्तिपूर्ण
परराष्ट्र नीतिको अवलम्वन गरेको छ
। यसै नीतिमा अडिग रहेर चिनियाँ
कम्युनिष्ट पार्टीले चीनको
स्वतन्त्रता र सार्वभौमिकताको
संरक्षण गरिरहेको छ, प्रभुत्ववाद
र शक्तिको राजनीतिको विरोध
गरिरहेको छ, विश्वमा शान्तिको
संरक्षण गरिरहेको छ र मानवजातिको
प्रगतिलाई अघि बढाउन सहयोग
गरिरहेको छ । एक-अर्काको
सार्वभौमिकता र प्रादेशिक
अक्षुण्णताको सम्मान गर्ने,
एक-अर्का देशमाथि आक्रमण नगर्ने,
एक-अर्काको आन्तरिक मामिलामा
हस्तक्षेप नगर्ने, समानता र
पारस्परिक हित तथा शान्तिपूर्ण
सह-अस्तित्वका पाँचवटा सिद्धान्तमा
आधारित भै चीन विश्वका सबै
मुलुकहरुसितको सम्बन्धको विकास
गर्दछ । स्वतन्त्र र स्वावलम्वी,
पूर्ण समानता, आपसी सम्मान र
एक-अर्काका आन्तरिक मामिलामा
हस्तक्षेप नगर्ने चारवटा
सिद्धान्तका आधारमा चिनियाँ
कम्युनिष्ट पार्टीले विश्वका
विभिन्न मुलुकका पार्टीहरुसँग
मैत्रीपूर्ण सम्बन्धको स्थापना र
विकास गरेको छ । हाल चिनियाँ
कम्युनिष्ट पार्टीले विश्वका 120
वटाभन्दा बढी मुलुकका 300 वटाभन्दा
बढी राजनैतिक पार्टीसित
मैत्रीपूर्ण सम्पर्क कायम राखेको
छ ।
चिनियाँ कम्युनिष्ट पार्टी आफ्नो कार्यक्रम
तथा विधानमा आधारित भै
प्रजातान्त्रिक सिद्धान्त अनुसार
संगठित एकीकृत पूर्ण इकाइ हो ।
“चिनियाँ कम्युनिष्ट पार्टीको
विधान ”मा तोकिएअनुसार, 18 वर्ष
उमेर पुगेका चिनियाँ मजदूर, किसान,
सैनिक, बुद्धिजिवी तथा अन्य
सामाजिक क्षेत्रका अग्रसर
व्यक्तित्व, पार्टीको कार्यक्रम र
विधानलाई मान्यता दिने पार्टीको
एक निकायमा भाग लिने र त्यस
निकायमा सक्रियताका साथ काम गर्ने
इच्छा लिने र पार्टीको निर्णय लागू
गर्ने तथा समयमै मासिक शूल्क
तिर्ने शर्तमा चिनियाँ कम्युनिष्ट
पार्टीमा सदस्यताका लागि दरखास्त
गर्न सक्नेछन् ।
|