CRI
माई ची शान गुफा उत्तर-पश्चिमी
चीनको कान्सु प्रान्तको थ्येन
श्वे शहरदेखि पैचालिस किलोमिटर
दक्षिण-पूर्वको पहाडी क्षेत्रमा
पर्दछ। सो गुफाको उचाइ एक सय पचास
मिटरभन्दा बढी छ। ऐतिहासिक
सामग्री अनुसार, माई चीन शान
गुफाको निर्माण चीनको छिन वंशको
पछिल्लो अवधि (लगभग इशापूर्व
तेस्रो शताव्दी) मा थालिएको थियो।
त्यसपछि क्रमशः तीस मिटर र सत्तरी
मिटर अग्लो ठाडो भीरमा बुद्धका
मूर्तिहरु कुँदिएको थियो।
माई ची शान
गुफा
माई ची शान
गुफा
विभिन्न तहमा कुँदिएका यी
गुफाहरु निकै शान्दार देखिन्छन।
माई ची शान गुफामा हाल चीनको पै
वै, सि वै, पै चौ, स्वै, थांग,
ऊ ताई, सुँग, युआन, मिंग र छिन
यी विभिन्न वंशहरुमा कुँदिएका
एक सय चौरानब्बेवटा माटाका
मूर्तिहरु तथा सात हजारभन्दा बढी
ढुंगाका मूर्तिहरु छन। यसका साथै
सो गुफामा कुँदिएका भित्ते
चित्रहरुको क्षेत्रफल एक हजार
तीन सय वर्गमिटर जति छ। सो
गुफामा मानिसको वास्तविक उचाइका
हजारौं मूर्तिहरु सजीव जस्तै
देखिन्छन। तीमध्ये शालीन बुद्ध
र बोधिसत्व तथा उनका शिश्यहरु
पनि छन। तीमध्ये केहीले आँखा
बन्द गरेर वौद्ध-मन्त्र पढिरहेका
छन, केहीले अरुसँग सानो स्वरमा
कुराकानी गरिरहेका छन, केही
हाँसिरहेका छन भने केहीले हात
चलाइरहेका छन। यसका अतिरिक्त,
सो गुफामा धर्मभक्त किशोर तथा
चकचके वालकको आकृति पनि कुँदिएको
छ। अमिताभको लगभग सोह्र मिटर
अग्लो मूर्ति र दश सेन्टिमिटर
जति अग्लो मूर्ति लगायत यहाँका
सबै मूर्ति सजीव देखिन्छन। यी
मूर्तिहरुले चीनको वौद्ध धर्मको
इतिहास, पूरातत्व र रितीरिवाजको
अध्ययनका लागि महत्वपूर्ण
वास्तविक प्रमाण प्रदान गरेका
छन। माई ची शान गुफा टाढा जंगलमा
रहेकाले विभिन्न वंशहरुको
युद्धबाट ध्वस्त हुन र
मानिसद्बारा उत्खनन गर्न तथा
लुट्नबाट जोगिएको छ। त्यसैले सो
गुफा आधारभूत रुपमा राम्ररी
सुरक्षित अवस्थामा छ।
चीनको ह नान प्रान्तको लुँग मन गुफा लो
याँग शहरदेखि तेह्र किलोमिटर
दक्षिणको इ ह नदीका दुबै किनारमा
पर्दछ। प्राचीन कालमा त्यहाँका
सुन्दर दृश्यावली र थुप्रै
मन्दिरहरुले धेरै पर्यटकहरुलाई
आकर्षित गर्नेगरेका थिए। लुँग
मन गुफाको निर्माण चीनको पै वै
वंशका वन सम्राटले राजधानीलाई
लो याँग शहरमा सारेको अवधि (सन
493)मा थालिएको थियो। त्यसपछि
विभिन्न वंशहरुमा चार सय
वर्षसम्म ठूलो मात्रामा निर्माण
दुइ हजार तीन सयभन्दा बढी
गुफाहरुमा एक लाखभन्दा बढी
मूर्तिहरु छन। यसका अतिरिक्त,
यहाँ तीन हजार छ सयभन्दा बढी
सतम्भहरु र चालिसवटा स्तूपहरु
पनि छन। सो गुफाका भित्ते
चित्रहरुमा लेखिएका परिहरुमध्ये
केही उडिरहेको बादलमा स्वतन्त्र
रुपमा विचरण गरिरहेका छन, केही
फलफूल लिएर नाचिरहेका छन, केही
गीत गाइरहेका छन त केही फूलहरु
छरिरहेका छन। ती परिहरुको
सुन्दरता देखेपछि तपाईं छक्क
पर्नुहुनेछ।
प्राचीन कालका कलाकारहरुले
रचेका ती विविधतापूर्ण
कला-मूर्तिहरु नै चीनको प्राचीन
इतिहास र कलाबारे अध्ययन गर्ने
महत्वपूर्ण सामग्री हुन। लुँग
मन गुफामा सबैभन्दा पहिले
निर्माण गरिएको कु याँग प्वालका
विविध विषयहरु छन। त्यसमा रहेका
पारदर्शक मूर्तिहरु र रंगिचंगी
चित्रहरु नै चीनको पै वै वंशको
गुफा कलाबारे अध्ययन गर्ने
अमूल्य सामग्री हुन। सो गुफाका
मूर्तिहरुमा लेखिएका अक्षरहरु
चीनको लिपीको इतिहासबारे अध्ययन
गर्ने महत्वपूर्ण सामग्री बनेका
छन। सन 500 देखि 523 सम्म
निर्माण गरिएको पिन याँग कोडार
रहेको गौतम बुद्ध तथा उहाँका
शिश्यहरु र बोधिसत्वका
मूर्तिहरुको दुब्लो मुख तथा
तिनीहरुका खुम्चिएका पोशाकबाट
चीनको पै वै वंशमा मूर्ति कलाको
विशेषता झल्किन्छ।
|